+
+
Shares

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, सवारी आवागमन ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ६ गते ७:०८
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक । फाइल तस्वीर

६ जेठ, चितवन । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध बन्न पुगेको छ ।

आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अबरुद्ध सडक खोल्न अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो ठूलो भएकाले पन्छाउन भने केही समय लाग्ने बताइएको छ ।

सडक अबरुद्ध भएसँगै सवारीको लामो लाइन लागेको छ भने यात्रु अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?