Comments Add Comment

सुन व्यवसायी मुखियाको हत्यामा संलग्न ६ जना जेल चलान

यसरी भएको थियो हत्या 

६ जेठ, काठमाडौं । झापाका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न ६ जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत, झापाले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै कारागार चलान गरिएको हो ।

यसअघि मुखियाको हत्यामा संलग्न भएको आरोपमा बिर्तामोड–५ घर भइ राधे रिद्धिसिद्धी ज्वेलर्स सञ्चालन गर्दै आएका पारसकुमार देव, बिर्तामोड–३ घर भइ उनकै पसलमा म्यानेजरको रुपमा काम गर्दै आएका प्रकाश भनिने चिरञ्जिवी ओली, बिर्तामोड–८ का दिपेश पौडेल, बिर्तामोड–३ का राजेश राज भनिने राहुल शाह,  बिर्तामोड–५ का सुजन चौधरी र पिसिजी ज्वेलर्सका सञ्चालक प्रमोद बिश्वकर्मा पक्राउ परेका थिए ।

‘उनीहरुमध्ये विश्वकर्मालाई १८ लाख ५० हजार दुई सय ३० रुपैयाँ धरौटी माग भएको थियो’, इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले भने, ‘धरौटी राख्न नसकेपछि थुनामा पठाउने आदेश भएको हो ।’

यसअघि गत २० फागुनदेखि सुन चाँदी व्यवसायी संघ, झापाका सदस्य मुखिया बेपत्ता भएका थिए । र, एक सातापछि मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा मेची राजमार्गदेखि ५० फिट तल बोरामा प्याक गरिएको अवस्थामा फेला पारिएको थियो ।

व्यापार ओरालो लागेपछि सहकर्मीबाटै भएको थियो हत्या 

अनुसन्धानका क्रममा मुखियाको अपहरणपछि हत्या भएको खुलेको थियो । आफ्नो ब्यापार आरोलो लागेपछि अर्का सुन व्यवसायी पारसकुमार देवको समूहले मुखियाको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।

साजनले सुनको कारोबारबाट छोटो समयमा राम्रो आर्थिक हैसियत बनाएको तर, आफ्नो ब्यापार ओरालो लागेपछि पारसले विवाद गरेका थिए ।

साजन मुखिया

त्यही क्रममा रिद्दीसिद्दी ज्वेलर्सका सञ्चालक पारसले साजनको हत्या गर्ने योजना बनाएका प्रहरीको भनाइ छ । उनले आफू पसलमा काम गर्ने प्रकाश भन्ने चिरन्जिबी ओली र दिपेश पौडेल लगायतलाई पैसा दिएर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २० गते दिउँसो पारसको समूहले सुन किन्न बहानामा साजनलाई बिर्तामोडस्थित एभरेष्ट बैंक नजिक बोलाएका थिए । त्यहाँबाट उनीहरुले साजनलाई अपहरण गरेर तमुटोलस्थित पारसको घरमा लगेर बन्धक बनाए ।

त्यही साजनमाथि कुटपिट गरी प्लास्टिकको डोरीले दुबै हात र घाँटीमा बाँधेर हत्या गरेको खुलेको थियो । हत्यापछि उनको शवलाई जुटको बोरामा हालर मेची सडकखण्ड अन्तर्गत इलामको रोङ नगरपालिका-३ कोल्बुङ, अर्यालचोक नजिक रहेको ठाडो भिरमा लगेर लडाइएको थियो ।

अनुसन्धानका क्रममा अपहरणमा पर्नुअघि पारस र चिरञ्जीवीले नयाँ नम्बरबाट पटकपटक सम्वाद गरेको पाइएपछि उनीहरुतिरै अनुसन्धान सोझिएको थियो ।

साजनमाथि कुटपिट गरी प्लास्टिकको डोरीले दुबै हात र घाँटीमा बाँधेर हत्या गरेको खुलेको थियो । हत्यापछि उनको शवलाई जुटको बोरामा हालर मेची सडकखण्ड अन्तर्गत इलामको रोङ नगरपालिका ३ कोल्बुङ, अर्यालचोक नजिक रहेको ठाडो भिरमा लगेर लडाइएको थियो ।

साढे १० लाखको ‘सुपारी’ !

मुखियाको हत्या गर्न १० लाख ५० हजार रुपैयाँ सुपारी दिइएको समेत खुलेको थियो ।

हत्या योजनाकार देवले दुई जनालाई १० लाख ५० हजार रुपैयाँ सुपारी दिएको भेटिएको थियो । थप दुई जनालाई देवले ‘बाँकी’ मै मुखियाको हत्यामा संलग्न गराएको अनुसन्धानमा संलग्न गराएको भेटिएको थियो ।

भारतबाट पक्राउ परेका बिर्तामोड–३ का २२ वर्षीय राहुल भनिने राजेश शाहलाई देवले १० लाख रुपैयाँ दिएका थिए । शाह घटनापछि सुनसरीको भन्टाबारी हुँदै भारततिर छिरेका थिए ।

उनी समातिएपछि घटनामा बिर्तामोड–५ का २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरीको पनि नेक्सस खुल्यो । र, उनले ५० हजार रुपैयाँ भुक्तानी लिएको खुलेको थियो ।

‘देवले आईएमईबाट पठाएको रकम चौधरीले इटहरीबाट निकालेको भेटिएको छ’, प्रहरी स्रोतले अनलाइनखबरसँग भनेको थियो, ‘उनले ३ लाख रुपैयाँ मागेको भए पनि अरु रकम पछि दिने गरी ५० हजार रुपैयाँको मात्रै कारोबार भएको भेटिएको हो ।’

घटनामा प्रत्यक्ष रुपमा संलग्न १९ वर्षीय दिपेश पौडेल र तेह्रथुमका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई भने देवले रकम दिएका थिएनन् ।

आफ्नै ज्वलर्समा कार्यरत् उनीहरुलाई देवले घटना सेटल भएपछि रकम दिने आवश्सन दिएका थिए । चार जनाले जम्मा २५ लाख रुपैयाँ मागेको देखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment