Comments Add Comment

दिबंगत नेताको सम्झनामा अस्ट्रेलियामा रक्तदान

सिड्नी । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाले नेपालका दुर्इ दिबंगत नेताहरुको फरक तरिकाले स्मरण गरेको छ ।

पच्चिस वर्षअघि एक शंकास्पद सडक दुर्घटनामा मध्य नेपालमा निधन भएका त्यो बेलाका चर्चित वामपन्थी नेताहरु मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा सिड्नीमा रक्तदान समारोह आयोजना भएको हो ।

उक्त संस्थाको रक्तदान कार्यक्रमका संयोजक भुवन पाण्डेले अनलाइनखबरलार्इ दिएको जानकारीअनुसार शनिबार बिहानदेखि सिड्नीको बीच सहरमा अवस्थित अस्ट्रेलियन रेडक्रसको रक्त संकलन केन्द्रमा दर्जनौ नेपाली युबाहरु जम्मा भएका थिए ।

ती मध्य दुर्इ दर्जनले रक्तदान गरे । मञ्चका अध्यक्ष रमेश पाण्डेका अनुसार ती दिबंगत नेताको सम्मान तथा स्मरणमा उक्त संस्थाले प्रत्यक वर्षा कुनै न कुनै हिसाबले सामाजिक कार्यक्रम आयोजना गर्दछ ।

उनले उपस्थित सबैलार्इ धन्यबाद दिए । त्यस्तै सोही स्थानमा अर्को सामाजिक अन्तर्रास्ट्रिय नेपाली समाज, भिजन फर मोटिभेसन, लिओ तथा लायेंस क्लब हरुमा आबद्द युबाहरुले पनि छुट्टै रक्तदान गरेका थिए ।

यसैगरी भिक्टोरियामा पनि प्रवासी नेपाली मञ्चको राज्य शाखाले शनिबार मदन आश्रितको स्मृतिसँगै गणतन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको र त्यहाँ पनि दुर्इ दर्जन बढीले सहभागिता जनाएको भिक्टोरियाका मञ्च नेता प्रकाश सेढाइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment