६ जेठ, काठमाडौ. । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी व्यवस्थापनको काममा अझै केही समय लाग्ने बताएका छन् ।
केही अप्ठयारो भएको भन्दै कर्मचारी व्यवस्थापनको काममा अझै केही समय लाग्ने अवस्था रहेको मन्त्री पण्डितले स्पष्ट पारेका हुन् ।
जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी, जनमुुखि, पारदर्शी, सहज र सरल ढंगले व्यवस्थापन हुनेगरी कर्मचारी व्यवस्थापनको काममा आफू केन्दि्रत भएको उनको भनाइ छ ।
मन्त्री पण्डितले कर्मचारीको व्यवस्थापनलाई सहज बनाउन आवश्यक हुनेगरी सरकारको नीति तथा कार्यक्रम र बजेट आउने पनि उल्लेख गरे ।
उनले संवैधानिक व्यवस्था अनुसार तीन वटै तहमा कर्मचारीलाई आवश्यक जिम्मेवारी दिने काम भइरहेको बताए ।
मन्त्री यादवले आगामी आर्थिक वर्षभित्र प्रशासनिक अन्तरिम अवस्थाको अन्त्य गर्ने घोषणा पनि गरे । त्यसपछि कर्मचारी संयन्त्रको स्थायी व्यवस्थापनको काममा लाग्ने उनको दावी छ।
मन्त्री पण्डितले कर्मचारीहरुलाई निराश नहुन समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया 4