Comments Add Comment

प्रदेश २ का मुख्यमन्त्री भन्छन् : असफल बनाउन चौतर्फी प्रयास भइरहेको छ

६ जेठ, बर्दिवास । प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले प्रदेशलाई असफल बनाउन चौतर्फी प्रयास भैरहेको बताएका छन् ।

असफल बनाउन अग्रस्थानमा कर्मचारी रहेको भन्दै मुख्यमन्त्री राउतले यो प्रदेश असफल हुनु भनेको संघीयता असफल हुनु भएको बताए । तर, यस्ता प्रयासहरुलाई कुनै पनि हालतमा सफल हुन नदिने मुख्यमन्त्री राउतले प्रतिबद्धता जनाए ।

महोत्तरीको बर्दिवासमा प्रदेश २ भौतिक योजना तथा पूर्वधार मन्त्रालयले आयोजना गरेको सकड र ऊर्जा बिषयक तीनि तथा योजना निमार्ण कार्यक्रममा बोल्दै उनले संघीयतालाई बचाइराख्न हरेक कदम चाल्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सडक र उर्जाले प्रदेश नम्बर २ लाई समृद्धितर्फ उन्मुख बनाउने बताए ।

प्रदेश २ को प्रत्येक स्थान सडक सञ्जाल र ऊर्जा पुर्याउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुहुदै सबैले त्यही अनुसारको नीति र योजना बनाउन बिज्ञहरुलाई आग्रह गरे ।

सडकले मात्रै प्रदेश नम्बर २ को बिकास उच्च स्तरमा पुग्ने भएकोले नमूना योजना बनाउन, नमूना काम गरेर देखाउन सबैमा आग्रह गरे ।

समृद्धिको ढोका खोल्न सडक र उर्जामा प्रदेशलाई समृद्ध बनाउनुपर्ने उनको भनाइ थियो । समृद्धिको आधार हुँदाहुँदै पनि प्रदेश गरीब हुनुको पछाडि सडक र ऊर्जा रहेको बताए ।

सबैको अठोट र इमान्दारिताबाट कृषी, पर्यटन,उद्योग आदिको बिकास हुने भन्दै प्रदेश २ सम्भावना सम्भावनाले भरिएको प्रदेश रहेको बताए ।

कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधारमन्त्री जितेन्दै सोनलले प्रदेश २ मा चुनौती र अवसर दुवै रहेको भन्दै जुनसुकै हालतमा पनि प्रदेश २ लाई बिकास र समृद्धिको लक्ष्यमा पु¥याएर छोड्ने बताए ।

अवसरलाई कुनै पनि बाहनामा, कुनै पनि षडयन्त्र रोक्यो भने मुलुकमा त्यो भन्दा ठूलो दुर्भाग्य केही नहुने बताए ।

अबको दिनमा सडक र उर्जाले प्रदेशमा कायापलट ल्याउने भएकोले त्यही अनुरुप नीति तथा योजना बनाउन बीज्ञहरुलाई आग्रह समेत गरे ।

प्रदेश २ को कतिपय स्थानमा टायरगाडा गुड्ने सकडसमेत नभएको बताउँदै अब त्यस्तो समय धेरै दिन नरहने बताए ।

एक दिने कार्यक्रममा सघीय मन्त्रालय र प्रदेश मन्त्रालयका सडक र ऊर्जा क्षेत्रमा कार्यरत २५ जना बिज्ञहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment