Comments Add Comment

कांग्रेस नेतृत्वले खल्तीबाट पार्टी चलाएको छ : शेखर कोइराला

६ जेठ, सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्व अधिनायकवादतर्फ अघि बढेको आरोप लगाएका छन् ।

आइतबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा आयोजित कार्यकर्ता भेलामा उनले आफूहरु लोकतान्त्रिक पद्धतीबाट पार्टी सञ्चालन होस् भन्ने पक्षमा रहे पनि नेतृत्वले खल्तीबाट पार्टी सञ्चालन गरिरहेको टिप्पणी गरे ।

‘कांग्रेसको अहिलेको नेतृत्व विधान पनि मान्दैन र सहमतिमा पनि आउँदैन’ कोइरालाले भने ‘यस्तै अवस्था रहने हो भने कांग्रेसको भविष्य समेत संकटमा पर्छ ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुइ वामपन्थी शक्ति मिलेरभन्दा पनि कांग्रेसको संगठन कमजोर भएकाले पराजित भएको उनले बताए । वर्तमान नेतृत्वले पार्टी संगठनलाई शून्य बनाएको आरोप लगाउँदै कोइरालाले यो नेतृत्व रहदासम्म कांग्रेसले चुनाव हारिरहने टिप्पणी गरे ।

पछिल्लो चरणमा कांग्रेसभित्र गैर राजनीतिक चरित्रका मान्छेहरुको व्यापक प्रवेश भएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘कमाउनका लागि मात्रै पार्टीमा आउनेहरुको जमात बढेको छ, यसले कांग्रेसलाई कता लैजान्छ मलाई चिन्ता लागेको छ’ कोइरालाले भने ।

फौजदारी अभियोग लागेका संसदहरुलाई स्वत निलम्बन गर्ने विषयमा कांग्रेसले लिइरहेको अडान गलत भएको उनले टिप्पणी गरे ।

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसमा अहिलेकै नेतृत्व रहँदासम्म शून्य हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment