Comments Add Comment

चेतनाथ-छायादेवी गजल पुरस्कारको मनोनयन खुला

९ जेठ, काठमाडौं । नेपाली साहित्यको गजल विधामा गत वर्ष प्रकाशित एक उत्कृष्ट संग्रहलाई  चेतनाथ-छायादेवि गजल पुरस्कार प्रदान गरिने भएको छ ।

यूएईमा रहेर गजल सिर्जना गरिरहेका गजलकार जे. सागरले आफ्नो संग्रह ‘यत्ति भए पुग्छ’ विमोचन गर्दा आफ्ना बुबाआमाको नाममा २ लाख राशीको अक्षयकोस स्थापना गरेर वर्षेनी एक कृतिलाई पुरस्कृत गर्ने घोषणा गरेका थिए ।

सर्जक सागरले कृति संकलन ,चयन र पुरस्कार वितरण सहितको संयोजनको जिम्मा बुलबुल प्रकाशनलाई सुम्पेका थिए ।

बुलबुल प्रकाशनकको दोश्रो वार्षिकोत्सबको अवसर पारेर आगामी भदौ १० गते २१ हजार राशीको उक्त पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।

पुरस्कारको राशी १० हजार रहेता पनि यो वर्ष संयोजक बुलबुल पब्लिकेसन्सले ११ हजार थप गरी २१ हजार बनाएको हो ।

पुरस्कार संयोजन समितिले यही जेठ मसान्तसम्म सबै गजल सर्जकहरुलाई आआफ्ना प्रकाशित गजल सङ्ग्रह बुलबुल प्रकाशन गृह समक्ष उपलब्ध गराउन अनुरोध गरेको छ । जस मध्येबाट गजल विधाका अग्रज सर्जकहरुको निर्णायक टोलीले छनोट गरेको एक कृतिलाई पुरस्कृत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment