विश्वका लाखौं-करोडौं किशोरपुस्ता, जो क्यानेडियन पपस्टार जस्टिन बिबरका ‘डाइहार्ट फ्यान’ छन् । उनीहरु जस्टिन बिबरको गीतमा रमाउँदैनन् मात्र, उनको स्टाइल र फेसनलाई पनि हु-बहु अनुसरण गर्न खोज्छन् ।
जस्टिन बिबरको जस्तो लुक्स बनाउँछन्, त्यस्तै गेटअपमा सजिन्छन् । तर, के उनीहरुले जस्टिन बिबरले जस्तै आफुलाई फिट एन्ड फाइन राखेका छन् ?
जस्टिन बिबरको सिक्स प्याक
जस्टिन बिबरले तस्वीरहरुमा आफ्नो सिक्सप्याक सहितको सुगठित शरीर देखाउने गर्छन् ।
उनले आफ्नो शरीरलाई धेरै आकर्षक बनाएका छन् । आफ्नो उत्कृष्ट गायकीले मात्रै नभई सुगठित शरीरको माध्यमले पनि उनले धेरै युवतीहरुको मन आँफुतिर तान्न सफल भएका छन् ।
बिबरका अनुसार उनको सधैँ नै स्वस्थ शरीर थियो । उनी आफ्नो देशमा हक्की खेल्दै हुर्किए र सन् २०११ मा भएको एनबिए अलस्टार सेलिब्रेटी बास्केटबल खेलमा उनले मस्ट भ्यालुएवल प्लेयरको उपाधि पनि जितेका थिए ।
सुरुमा उनको शरीर त्यति सुगठित थिएन । जब, ‘ट्वाइलाइट सागा’ फिल्मको लागि ट्रेनर जोर्डन यमको सहयोगमा उत्कृष्ट शरीर बनाएका अर्का किशोर अभिनेता टेलर लट्नरसँग उनको तुलना हुन थाल्यो त्यतिखेर बिबर शरीरको मामिलामा पछाडि परे । त्यसपछि बिबर पनि ट्रयाकमा आए र उनले पनि आकर्षक शरीर बनाए ।
सिक्सप्याक एब्स बनाउन त्यति सजिलो भने छैन् । बिबरले आफ्नो खानामा पनि धेरै विचार गर्नुपर्छ । ड्रग, अल्कोहल, धुमपान स्वास्थ्यको लागि राम्रो होइन र उनलाई पनि त्यो थाहा छ । उनी त्यस्ता कुराहरुको कुलतमा फस्ने छैनन र आँफ्नो जीवन बर्बाद गर्ने छैनन् ।
उनी भन्छन्, ‘म अरुले गरे जस्तो जीवन नै परिवर्तन गर्ने गलत निर्णय लिन सक्दिन । मैले धेरैलाई यस्तो भएको देखेको छु । म आँफै मेरो खराब दुश्मन बन्न सक्छु तर, आँफुलाई बर्बाद गर्न सक्दिन ।’
सिक्सप्याक एब्स कसरी बनाउने ?
सिक्सप्याक बनाउनको लागि तपाईले कार्डियो गर्नुपर्छ जसले तपाईको एक्स्ट्रा फ्याटलाई जलाउँछ । कार्डियो वा कार्डियोभास्कुलर एक्सरसाइज जस्तै साइक्लिङ, रनिङ, जगिङ, रोविङ आदि गर्दा राम्रो हुन्छ ।
तपाईले एब्सहरुलाई देखिने बनाउनको लागि आफ्नो शरिरको एक्स्ट्रा बिटहरुलाई हटाउन पर्छ । आफ्नो मेटाबोलिज्म स्तर कायम राख्न नियमित खानाहरु खाइराख्नुहोस् । थोरै खानाहरु बारम्बार खाइराख्न जस्तै, प्रोटिन सेकहरु उपयुक्त हुन्छ ।
एक्सरसाइज गर्दा जति धेरै मांसपेशी तपाईले सहभागी गराउनुहुन्छ त्यसले सिक्सप्याक एब्स छिटो बनाउन सघाउँछ । तपाईले केही यस्ता एक्सरसाइजहरुको सहयोगले सिक्सप्याक बनाउने प्रक्रियालाई छोट्याउन सक्नुहुन्छ ।
बर्पिसः तपाईले धेरै प्रकारका बर्पिसहरु प्रयास गर्न सक्नुहुन्छ । सबैभन्दा पहिले सिधा उभिएर हातले भुँइलाई छुनुहोस र स्क्वाट पोजिसनमा आउनुहोस् । त्यसपछि आफ्नो शरीरलाई पछाडी फैलाएर पछाडी स्क्वाट पोजिसनमा फर्किने र अन्तिममा सिधा पोजिसनमा उभिनुहोस् ।
वाकिङ लङ्गः यसलाई वर्कआउट सेसनको अन्तिममा प्रयास गरेमा यसबाट तपाईले धेरै फाइदा लिन सक्नुहुन्छ ।
स्क्वाटः यसबाट धेरै मांसपेशी समूहको सहभागीता बढाउन सकिन्छ ।
डमबेल स्विङ्सः खुट्टा र ब्याकको लागि धेरै राम्रो हुन्छ
क्रन्चः यसले पेटको मांसपेशीमा काम गर्छ । यो एक्सरसाइज गर्दा तपाई धेरै होसियार हुनुपर्छ । जब तपाईले टाउकोलाई माथी उठाएर हातलाई तपाईको घाँटी वा टाउको पछाडी क्रस बनाउनुहुन्छ त्यतिखेर चोट लाग्न सक्छ ।
सिटअप्सः यो क्रन्च जस्तै एक्सरसाइज हो ।
लेग लिफ्ट्सः यो पेटको मांसपेशीको लागि राम्रो हुन्छ । तपाईले यसलाई भुँइमा सुतेर यसलाई गर्न सक्नुहुन्छ । त्यसपछि आफ्नो खुट्टालाई उठाएर शरीरको समानान्तर बनाउनुहोस् । एक्सरसाइज भरी तपाईको खुट्टाको बुढीऔंलाहरु सिधा हुनुपर्छ ।
त्यसपछि विस्तारै आफ्नो खुट्टा उठाएर सिधा बनाउनुहोस र त्यसपछि विस्तारै तल झार्नुहोस । त्युसपछि तपाईले खुट्टाहरु विस्तारै सिलिङपटि्ट नै उठाउनुहोस । यो एक्सरसाइज धेरै पटक गर्नहोस ।
कस्तो छ त जस्टिन बिबरको डाइटप्लान ?
जस्टिनले कडा रुपमा आफ्नो डाइटप्लान पालना गर्छन् । उनलाई शरीरको राम्रो आकार बनाउनको लागि थाहा छ वर्कआउटको भन्दा खानाको धेरै योगदान छ भन्ने थाहा छ ।
उनले सँधै आफ्नो दिमागमा राख्ने कुराहरु यस्ता छन्ः
-धेरै पानी पिउने
-प्रशोधितको सट्टामा धेरै जसो होलग्रेन फुड खाने
-एकैपटक धेरै खाना खानुभन्दा पनि थोरै खाना पटकपटक खाने
-जुसको सट्टामा ताजा फलफूल खाने ।
उनी अहिले शाकाहारी बनेका छन् त्यसैले उनले कुनै पनि डेरि उत्पादन र मासुजन्य खाना खाँदैनन । उनी एकपटक केही साथीहरुको साथमा बाहिर खाना खानको लागि गएका थिए । उनको साथीले उनलाई स्टेकको सानो पिस खान आग्रह गरे तर उनले त्यो स्टेक खानको सट्टा छुट्टै तोफु स्टेक मगाए ।
त्यस्तै, उनी खाना खाँदा हल्ला गरेर खाना खान्थे जसले सबैको ध्यान तान्ने गथ्र्यो । पूर्व प्रेमिका सेलेना गोमेजले उनलाई त्यस्तो बानी त्याग्ने सल्लाह दिने गर्थिन् ।
प्रतिक्रिया 4