९ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नागरिकता प्रमाण पत्रका लागि सिफारिस लिन वडा कार्यालय जाँदा भन्दै वडा अध्यक्षले सिफारिस नदिएको गुनासो आएको छ ।
भोटेकोशी गाउँपालिका-१ लिस्तीका अध्यक्ष मुके शेर्पाले नागरिकता बनाउनका लागि सिफारिस नदिएको स्थानीय दावा लमु लामाको गुनासाो छ ।
शेर्पा स्थानीय निर्वाचनमा नेपाली कांग्रेससबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी थिए तत्कालिन नेकपा एमालेका उमेदवार तेम्बो लामा । नागरिकताको सिफारिस लिन वडा कार्यालय पुगेकी दावा लमु लामा तेम्बोकी छोरी हुन् ।
शैक्षिक योग्यताको प्रतिलिपी, जन्मदर्ता, नाता प्रमाणित, बाबु आमा दुवैको नागरिकता लिएर वडा कार्यालयमा सिफारिसको लागि तिन दिनसम्म गए पनि राजनीतिक प्रतिशोधका कारण सिफारिस नदिएको तेम्बोले बताए । ‘सचिवले सिफारिस पत्र बनाएको छ तर वडा अध्यक्षले हस्ताक्षर नै गर्न मान्दैन’ तेम्बोले गुनासो गरे ।
वडा सचिव खोपनाथ नेपालले आफूले सिफारिस पत्रमा सबै भरेर दिएको र अब वडा अध्यक्षको मात्रै हस्ताक्षर गर्न बाँकी रहेको बताए ।
सबै कागजपत्र बोकेर तिन दिनदेखि वडा कार्यालयमा सिफरिसको लागि गए पनि नदिएको दावा लमुले बताइन् । ‘खै बुबा र अध्यक्षज्यूको बीचमा के छ थाहा भएन, तर तिन दिनदेखि वडा कार्यालयमा जाँदा पनि मैले सिफारिस पाइन’ दावाले भनिन् ।
तर, वडाध्यक्ष शेर्पाले भने आफूले नियमअनुसार काम गरेको बताए । तेम्बाकी छोरी नागरिकता बनाउन आएको तर, अभिभावक वडामा उपस्थित भएर प्रक्रिया पुरा नगरेको उनले बताए । वडाध्यक्ष शेर्पाले भने, ‘सचिवलाई भक्तपुरमा भेटेर फर्म भर्नु भएको रहेछ । तर, वडामा आएर ढड्डामा हस्ताक्षर गर्नु भएको छैन ।’
उनले अघि भने, ‘अभिभावक आएर सनाखत नगरेसम्म हामीले कसरी सिफारिस गर्ने ?’
दावा लमुसँगै तीन जना आएको र एक जनाको अभिभावक भएकाले आफूले सिफारिस गरेर पठाएको उनले बताए । आफूले काठमाडौं बसेर नागरिकता लिन खोज्ने र भोट नदिएकाले नागरिकता दिएन भनेर प्रचार गर्नु लाजमर्दो भएको वडाध्यक्ष शेर्पाले बताए ।
प्रतिक्रिया 4