Comments Add Comment

‘डी सिने अवार्ड’मा अनमोल र नीता उत्कृष्ट, ‘कृ’ उत्कृष्ट फिल्म(फोटो फिचरसहित)


काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजना भएको ‘दशौ डी सिने अवार्ड’मा नायक अनमोल केसी र नायिका नीता ढुंगाना उत्कृष्ट नायक–नायिकाको अवार्ड जितेका छन् । छायाछवि क्रियशनको आयोजनामा भएको अवार्ड समारोहमा अनमोलले चलचित्र ‘कृ’बाट उत्कृष्ट नायकको अवार्ड जितेका हुन् । योसँगै अनमोलले यो बर्ष दोश्रो पटक अवार्ड जितेका छन् । उनले, यसअगाडि ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट नायकको अवार्ड जितेका थिए । यस्तै, नायिका नीता ढुंगानाले चलचित्र ‘पञ्चायत’बाट अवार्ड जितेकी छिन् ।अवार्ड समारोहमा कलाकार बसुन्धरा भुषाललाई ‘लाइफटाइम लिजेन्डरी अवार्ड’बाट सम्मानित गरियो । यस्तै, चलचित्र पत्रकारिता पुरस्कार श्याम अर्याललाई प्रदान गरियो । यस्तै, नायिका मौसम मल्ललाई कार्यक्रममा सम्मान गरिएको थियो ।

अवार्ड समारोहमा पपुलर च्वाइस अवार्ड चलचित्र ‘शत्रु गते’लाई प्रदान गरियो भने क्रिटिक्स अवार्ड तर्फ चलचित्र ‘ब्लाइन्ड रक्स’ले अवार्ड जित्यो । यस्तै, क्रिटिक्स अवार्डमा नायक पुष्पल खड्काले चलचित्र ‘मंगलम’बाट अवार्ड प्राप्त गरे । यस्तै, जुरी अवार्डतर्फ चलचित्र ‘मंगलम’बाटै निर्देशक नवल नेपालले अवार्ड जिते । प्रोत्साहन पुरस्कार चलचित्र ‘संरक्षण’का निर्देशक पुणेन्द्रु झालाई प्रदान गरियो ।

अवार्ड समारोहमा नायक अनमोल केसी, भूवन केसी, नायिका नीता ढुंगाना, नायक पुष्पल खड्का, नायिका शिल्पा पोखरेल उपस्थित थिए । कलाकारको फितलो उपस्थिती रहेको अवार्ड समारोहमा विभिन्न २९ विधामा अवार्ड वितरण गरियो । कसले कुन विधामा अवार्ड प्रदान गरे, यहाँ प्रस्तुत गरिएको छः

उत्कृष्ट एनिमेशन: ग्लेज इन्टरटेन्मेन्ट, कृ

उत्कृष्ट पार्श्वसंगीत: एलिश कार्की, लिलीबिली

उत्कृष्ट ध्वनिमिश्रण: सुनयमान श्रेष्ठ, संरक्षण

उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी, संरक्षण

उत्कृष्ट गायिका: विन्दु परियार, मंगलम (पर्ख पर्ख)

उत्कृष्ट गायक: सुगम पोखरेल, ऐश्वर्व (तिमी रोएको पल)

उत्कृष्ट संगीतकार: राजनराज शिवाकोटी, दुई रुपैयाँ (कुटुमा कुटु)

उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज, दुई रुपैयाँ (कुटुमा कुटु)

उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी, रुद्र

उत्कृष्ट बाल कलाकार: कुशाग्र भट्टराई, पिंजडा ब्याक अगेन

उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे, छक्का पञ्जा २

उत्कृष्ट खलपात्र: प्रशान्त ताम्राकार, ऐश्वर्य

उत्कृष्ट कथा: नवराज बुढाथोकी, भुइँमान्छे

उत्कृष्ट पटकथा: प्रदीप भारद्वाज, लिलीबिली

उत्कृष्ट संवाद: दिपेन्द्र लामा, घामपानी

उत्कृष्ट नव नायीका: जसीता गुरुङ, लिलीबिली

उत्कृष्ट नव नायक: सलिनमान बानियाँ, ए मेरो हजुर २

उत्कृष्ट नव निर्देशक: झरना थापा, ए मेरो हजुर २

उत्कृष्ट चरीत्र अभिनेत्री: मिथिला शर्मा, मंगलम

उत्कृष्ट चरीत्र अभिनेता: पुष्कर गुरुङ, घामपानी

उत्कृष्ट सह अभिनेत्री: बर्षा राउत, छक्का पञ्जा २

उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत, ए मेरो हजुर २

उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान, कृ

उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ, मंगलम

उत्कृष्ट अभिनेत्री: नीता ढुंगाना, पञ्चायत

उत्कृष्ट अभिनेता: अनमोल केसी, कृ

उत्कृष्ट निर्देशक: मिलन चाम्स, लिलीबिली

उत्कृष्ट चलचित्र: कृ

उत्कृष्ट पपुलर चलचित्र: छक्का पञ्जा २

क्रिटिक्स अवार्ड: मिलन चाम्स, चाम्स इन्टरटेन्मेन्ट, व्लाइण्ड रक्स
क्रिटिक्स अवार्ड: पुष्प खड्का, मंगलममंगलम
क्रिटिक्स अवार्ड निर्देशक: नवल नेपाल, मंगलम
पपुलर च्वाइस अवार्ड: शत्रुगते
छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड: बसुन्धरा भुषाल
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: नरेन्द्र महर्जन
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: मौसमी मल्ल
छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार: श्याम अर्याल
प्रोत्साहन अवार्ड: पुर्णेन्दु झा, संरक्षण

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment