११ जेठ, काठमाडौं । अब नेपालमा पनि स्मार्ट कार्ड बन्ने भएको छ । मालिका इन्कर्पोरेट प्रालिले नेपालमा नै स्मार्ट कार्ड बनाउने र छाप्ने प्रविधि भित्र्याएको हो । अमेरिकन कम्पनी जेब्रासँग सहकार्यमा यो प्रविधि भित्रिएपछि स्मार्ट कार्डमा पूर्ण बाह्य निर्भरता घट्ने विश्वास कम्पनीको छ ।
कम्पनीले जस्तासुकै स्मार्ट कार्डहरु नेपालमै प्रिन्ट गर्न सक्ने बताएको छ । अहिले नेपालमा विभिन्न प्रयोजनका लागि स्मार्ट कार्डहरुको प्रयोग सुरु भएको छ ।
स्मार्ट लाइसेन्सबाट परिरिचत भएको यो प्रविधि अन्य क्षेत्रमा पनि प्रयोगमा आउन थालेको छ । चिप्समा डाटा राख्ने यो प्रविधिको उद्घाटन पूर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले गरे ।
अब बैंक कार्ड, स्मार्ट आइडी कार्ड लगायतका डिजिटल कार्डहरु यसै कम्पनीमा छापिनेछ । कम्पनीले विद्यालय तथा कलेजको आईडी कार्डलाई पनि डिजिटल गर्न सकिने बताएको छ । चिप्समा नै सबै विवरण राखिने भएकाले यो प्रविधि सुरक्षित मानिन्छ ।
कम्पनीले आफूलाई जिम्मेवारी दिइए स्मार्ट लाइसेन्स, बैंकिङ कार्डहरु, राष्ट्रय परिचयपत्र लगायतका प्रिन्ट गर्न सक्ने बताएको छ ।
प्रतिक्रिया 4