Comments Add Comment

२५ हजार नक्कली डलरसहित एकजना पक्राउ

१३ जेठ, काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले २५ हजार नक्कली अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।

काभ्रेको पाँचखाल नगरपालिका-४ बोहोर दोभान जंगलबाट सिन्धुपाल्चोकको बाह्रबिसे-३ का विनोद तामाङलाई पक्राउ गरिएको डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।

नक्कली डलरको कारोबार गर्ने सूचनाका आधारमा प्रहरीले नै तामाङसँग डिल गरेर पक्राउ गरेको हो । पक्राउ परेका तामाङले प्रहरीलाई २५ हजार अमेरिकी डलर १८ लाखमा साट्न सहमत भएका थिए ।

रकमको डिल गर्दै जंगलसम्म पुगेको प्रहरीले तामाङलाई पक्राउ गर्न पाँच राउण्ड गोली समेत चलाएको थियो । तर, तामाङसँगै रहेका अन्य दुई जना भने फरार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment