Comments Add Comment

एक वर्षभित्र प्रदेश ७ लार्इ तुइनमुक्त गरिने

१५ जेठ, कैलाली । प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आगामी वर्षको बजेटमा प्रदेश सरकारले प्रदेशलाई तुइनमुक्त प्रदेश बनाउने घोषणा गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले धनगढीमा आयोजना गरेको प्रदेश स्तरिय गोष्ठीमा मन्त्री बोहराले प्रदेश ७ का केही पहाडी जिल्लामा तुइनका कारण जनधनको क्षति भएकेा भन्दै त्यसको अब त्यस्तो हुन नदिने बताए ।

मन्त्री बोहराले २१ औ शताब्दीमा पनि जनताले तुइनमा यात्रा गर्नु पर्ने अबस्था रहेकामा अब प्रदेश सरकारले त्यसको अन्त्य गर्ने बताए ।

मन्त्री बोहराले स्थानीय तहमा समान कर लगाउन र जनतालाई महशस हुने खालका नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले ध्यान दिन बताए ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु सहभागी उक्त कार्यक्रममा मन्त्री बोहराले प्राप्त बजेटको भरपुर प्रयोग गरी सतप्रतिशत बजेट खर्च गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment