+
+
Shares

सरकारी कागजपत्र कीर्ते गरेको अभियोगमा पत्रकार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १५ गते १०:५५

१५ जेठ, काठमाडौं । सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भइ काठमाडौंको नयाँ बजार बस्दै आएका पत्रकार देवराज साउद छन् ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले दिएको जानकारी अनुसार साउदले पुतलीसडकमा सञ्चालन गरेको आर्यन इन्टरनेशनल एजुकेशन प्रा.लि.मा विशेष सुराकीको आधारमा छापा मार्दा नक्कली सरकारी कागजात, शैक्षिक प्रमाण पत्र लगायत फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

महाशाखाले साउदसहित बागबजारमा रहेको यामाटो एजुकेशनल प्रा.लि.का सञ्चालक सुर्खेतको वीरेन्द्रनगर–१५ घर भइ भक्तपुरको कौलटार बस्दै आएका दिपककुमार खत्रीलाई समेत पक्राउ गरेको छ ।

उनीहरुमाथि सरकारी कागज कीर्ते मुद्दामा थप अनुसन्धान गर्नका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?