Comments Add Comment

आलियासँगको सम्वन्धबारे रणवीरले गरे रोचक कुरा

बलिउडमा यतिबेला नायक रणवीर कपुर अत्यधिक चर्चामा छन् । पहिलो त उनको बहुचर्चित फिल्म ‘सञ्जु’ का कारण, र दोस्रो नायिका आलिया भट्टसितको अफेयरका कारण ।

रणवीर र आलियाको प्रेम चर्चा सुरु भएको भर्खर भर्खरै हो । उनीहरुले आफ्नो प्रेमबारे खुलेर बोलेका त छैनन् तर, संकेत चाहिँ प्रष्ट गरेका छन् । हालै एक अन्तरवार्तामा भने रणवीरले प्रष्टरुप्मा आलियासँगको प्रेम स्वीकार गरे ।

उनले भने, ‘हो यो (प्रेम) नयाँ नयाँ छ । तर, अहिले नै यसको विषयमा कुरा गर्नु हतार हुन्छ । जिन्दगीमा उनी जेसुकै दिन्छन्, त्यसलाई म खुलेर लिन चाहन्छु ।’

उनले यसमा थपे, ‘नयाँ नयाँ प्रेमले तपाईंभित्र अनेक उत्सुकता लिएर आउँछ । तपाईंका पुराना बानीव्यहोराहरु फेरिन्छन् । अहिले म पहिलेभन्दा बढि सन्तुलित छु । मैले हाम्रो सम्वन्धको महत्व बुझेको छु ।’

आलियाले भने अहिलेसम्म रणवीरसँगको सम्वन्धबारे खुलेर बोलेकी छैनन् । केही समयअगाडि एक अन्तरवार्तामा उनले आफूहरुको प्रेम सम्वन्ध स्वीकार पनि नगर्ने र अस्वीकार पनि नगर्ने कुटनीतिक जवाफ दिएकी थिइन् ।

हालै सञ्जुको ट्रेलर लन्चमा पनि रणवीरले आफ्नो प्रेम जीवनको बारेमा बोलेका थिए । उनले आफ्नो अहिलेसम्म १० जनासँग अफेयर भइसकेको बताएका थिए ।

‘मलाई प्रेम गर्न मन पर्छ किनकी म एकदमै रोमान्टिक व्यक्ति हुँ,’ उनले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment