Comments Add Comment

विदेशबाट फर्किनेले सुन ल्याउँदा कति भन्सार तिर्नुपर्छ ?


१८ जेठ, काठमाडौं । सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि कर भने तिर्नुपर्नेछ । अब विदेशबाट फर्किँदा कर तिरेर सय ग्राम अब सुन ल्याउन पाइने छ ।

५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुनपर्ने यसअघिको व्यवस्थाबारे आर्थिक विधेयकमा केही भनिएको छैन ।

अब ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ ।

५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५०ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्ने भन्सार विभागका एक उच्च अधिकारीले जानकारी दिए ।

‘कुल सय ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ,’ ती अधिकारीले भने,’सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत गरिनेछ ।’

अहिले नयाँ व्यवस्थाअनुसारको झिटीगुन्टा आदेश सकेको छैन । यसका कारण यात्रुले गहनाका रुपमा लिएर र लगाएर आउने सुनका हकमा के हुने भन्ने अन्योल छ ।

भन्सार विभागका अधिकारी भने आर्थिक विधेकयले सुन मात्रै भनेकाले अब गहना पनि भन्सार नतिरी ल्याउन नपाइने तर्क गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment