Comments Add Comment

साताभरमा सेयर कारोबारमा ८.५६ प्रतिशत वृद्धि

१८ जेठ, काठमाडौं । सेयर बजार कारोबार यो साता ८.५६ प्रतिशतले बृद्धि भएको छ । गत साता भने एक अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद विक्री भएको थियो । तर, यो साता बजारमा दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । गत साताको भन्दा कारोबार रकम ८.५६ प्रतिशत बढी हो ।

नेप्सेका अनुसार, यस साता नेपाल स्टक एक्सचेन्जमा ४७ लाख ४४ हजार आठ सय १० कित्ता सेयरको २३ हजार ५ सय ४८ पटक किनबेच भएको थियो । गत साता भने ४१ लाख ३७ हजार चार सय ३० कित्ता सेयरहरु १९ हजार ७ सय १३ कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७.२५ अंकले बढेर अन्तिम दिन १३०७.६६ अंकमा पुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.१७ अंकले ब्ाढेर २ सय ७५.२८ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम को आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा पनि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।

यस साता सूचीकरण भएका कम्पनीको शेयर

 

सि.नं कम्पनीको नाम सूचीकृत धितोपत्रको किसिम सूचीकृत धितोपत्र संख्या
सिभिल बैंक लिमिटेड हकप्रद २०७४०८८६.५कित्ता
एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड वोनस १२१५०० कित्ता
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड वोनस १२८०८१२ कित्ता
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड वोनस १३००५०००.२३ कित्ता
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड वोनस १२५७६५५.८५९४कित्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment