Comments Add Comment

गैंडाको सिंङ ६५ लाखमा विक्री गर्न लाग्दा समातिए युवक

२१ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, लैनचौर सोह्रखुट्टेले गैडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको वेनिघाट रोराङ्ग गाउँपालिका–५ का १९ वर्षीय जिसन सुनार छन् ।

सिंग जस्तो देखिने गैंडाको खाग ६५ लाख रुपैयाँमा विक्री गर्न लागेको अवस्थामा उनलाई नयाँ बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको वृत्तका डिएसपी दिपक पोखरेलले बताए ।

पक्राउ परेका सुनारमाथि थप अनुसन्धान तथा काराबाहीका लागि खागसहित जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको उनले बताए ।

महिलाको झोला चोर्ने प्रहरी फन्दामा

सोह्रखुट्टे प्रहरीले काठमाडौं–१६, कालधारामा एक महिलाको झोला जबारजस्ती चोरी गर्ने दुई जनालाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सलिम जिरेल (लामा) र तिलकदास श्रेष्ठ छन् ।

उनीहरुले काठमाडौं–२६, ठमेल बस्ने बन्दना कार्कीको ४५ हजार रुपैयाँ, सुनको मंगलसुत्र, मोबाइल लगायत भएको झोला चोर भागेका थिए ।

कार्कीकै जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरुको हुलियाको आधारमा प्रहरीले दुई जनालाई वीरगञ्जबाट नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment