+
+
Shares

न्यूरोडबाट ५१ लाखसहित ७ जना हुण्डी कारोबारी समातिए

३ करोड १३ लाख बराबरको चेक पनि भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २१ गते १९:२५

२१ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंबाट ५१ लाख ४ हजार ५ रुपैयाँसहित ७ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो काठमाडौंको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।

उनका अनुसार पक्राउ पर्नेमा काठमाडौं थापाथलीका २९ वर्षका राहुल राय अग्रवाल, सिन्धुपाल्चोकका ३१ वर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थानका ५२ वर्षका शिवकुमार साङ्तानी, भारत मुम्बईका ४६ वर्षका अरुण सावरथिया रहेका छन् । त्यस्तै, भारत दिल्लीका ३८ वर्षका रवीन्द्र चोखानी, ४७ वर्षका राजकुमार सिघान्ची र भारतको राजस्थानका ५२ वर्षीय जगदिश राना सरिया छन् ।

उनीहरुको साथबाट चेक रकम ३ करोड ५६ लाख ७३ हजार ५ सय ९७ रुपैयाँ, मोबाइल, ल्याप्टप र विभिन्न कागजातहरु पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिएको महाशाखाले जनाएको छ । उनीहरुलाई अनुसन्धानपछि थप कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक पठाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?