Comments Add Comment

नेइमार


ब्राजिलको टिममा सबै स्टार खेलाडी छन् । त्यसमा पनि नेइमार आफ्नो उत्कृष्ट लयमा देखिन्छन् । बार्सिलोनाबाट अघिल्लो सिजन विश्वकीर्तिमानी मूल्यमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेइमार यो विश्वकपकै स्टार खेलाडी हुन् ।

फिफा कन्फेडेरेसन कप र ओलम्पिक स्वर्ण पदक विजेता खेलाडी नेइमार आफ्नो दोस्रो विश्वकपमा सहभागी हुन लागेका हुन् । उनले यो सिजन पीएसजीबाट खेलेका ३० खेलमा २८ गोल गरे । डि्रबलिङ, पास र फिनिसिङ तीनै कुरामा नेमारको शैली राम्रो छ ।

चोटका कारण गएको तीन महिनादेखि मैदान बाहिर रहेका नेइमारले मैदान फर्किएको पहिलो खेलमा नै आफू उत्कृष्ट रहेको सावित गरे ।

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा उनले क्रोयसियाविरुद्ध निकै आकर्षक गोल गरेका थिए ।

गएको विश्वकपमा घरेलु मैदानमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित भएको थियो । यसपटक त्यो हारबाट बाहिर निस्किएर ऐतिहासिक उपाधि उचाल्न नेइमार महत्वपूर्ण रहेका छन् । त्यसबेला क्वाटरफाइनलमा कोलम्बियालाई २-१ ले हराएको खेलमा नेइमार घाइते भएका थिए ।

यसपटक ब्राजिल पहिलेको जस्तै डरलाग्दो टिमको रुपमा देखिएको छ । त्यसमा ब्राजिलियन फुटबलको पुरानो समय फर्काउन नेइमार एक मुख्य पिलर हुन् । घाइते हुनुअघि उनी आफ्नो करिअरकै उच्च लयमा थिए । त्यही लयलाई निरन्तरता दिए ब्राजिललाई रोक्न यसपटक सहज हुने छैन । नेइमार मैदानमा मात्रै होइन मैदान बाहिर पनि आˆनो टिमका लागि हौसलाका पात्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment