+
+
Shares

यी व्यक्तिले एउटै रुखमा फलाए ५१ जातका आँप

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २४ गते ११:१५


भारतमा एकजना इन्जिनियर आफ्नो गाउँको अवस्था सुधार्ने भन्दै खेती किसानीमा लागेका छन् । खेती गर्न थालेका इन्जिनियरले साँच्चीकै चमत्कारै गर्न थालेका छन् र उनले यस्तो तरिका अपनाएका छन् कि एउटै बोटमा ५१ जातका आँप फलेका छन् ।

भारतको महाराष्ट्रका रवि मारशेटवारको यो उपलब्धि अहिले भारतभर नै चर्चाको विषय बनिरहेको छ ।

एउटै बोटमा ५१ जातका आँप फलाउन उनी सफल भए । ग्राफटिङ अर्थात् कलमी प्रविधिको प्रयोग गरी उनले यस्तो सम्भव पारेका हुन् । यसका लागि उनले १३ सय पटक अनुसन्धान गरेका थिए । उनी खेतिपातीको विधि सिक्न ५ सय भन्दा धेरै ठाउँको भ्रमण गरे, जहाँ उनको परिचय एकजना विशेष मान्छेसँग भयो ।

महाराष्ट्रका किसान देवरीकरसँग उनको भेट भयो । देवरीकरले कलमी प्रविधिको प्रयोग गरी एउटै बोटमा १५ जातका आँप फलाएका थिए । उनैबाट रविले यो प्रविधि सिके । त्यसपछि उनले आँपका विभिन्न जातहरु जम्मा गरे । केही वर्षको मेहेनतपछि उनले एउटै रुखमा ५१ जातका आँप फलाउन सफल भए ।

उनी अहिले कलमी विधि सम्बन्धमा किसानलाई प्रशिक्षण पनि प्रदान गर्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?