Comments Add Comment

अपांग बालिकासँग शारीरिक सम्पर्क राख्ने ६५ वर्षीय वृद्ध पक्राउ


२६ जेठ, सप्तरी । शारीरिक विकास हुन नसकेकी एक अपांग बालिकालाई प्रलोभन देखाएर शारीरिक सम्पर्क राखेको आरोपमा सप्तरी प्रहरीले ६५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१, भारदह निवासी सिंहेश्वर पाण्डेलाई प्रहरीले अपांग बालबालिकासँग सम्पर्क राखेको भन्दै पक्राउ गरेको हो ।

श्रीमती र छोरा छोरीदेखि नाति–नातिना भएका पाण्डेले शारीरिक विकास हुन नसकेकी बालिकासँग दुष्कर्म गरेको उजुरी शुक्रबार परेसँगै पाण्डेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

‘उमेर १४ वर्ष भएपनि ६÷७ वर्षको जस्तो देखिने बालिकासँग पटक–पटक यौन सम्पर्क गरेको उजुरी परेपछि भण्डारीलाई नियन्त्रणमा लिएका हौं’, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक विष्टले भने, ‘शुक्रबार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएर यसबारे अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment