२७ जेठ, काठमाडौं । फुटबलको कुम्भमेला विश्वकप २०१८ सुरु हुन केही दिन मात्र बाँकी छ ।
नेपालले मैदानभित्र त सहभागिता जनाउने अवसर अहिलेसम्म जुरेको छैन तर, मैदान बाहिरै रहेर कसरी सहभागी हुने भन्ने बहसले संसदमा प्रवेश पाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले यो विश्व महोत्सवमा नेपाली सहभागी हुने रोचक प्रस्ताव अघि सारेका छन् । संसदको आइतबारको बैठकमा उनले भने, ‘हाम्रो यो संसद भवनमा पानी ट्यांकी छ । फुटबल जस्तै गोलो । (हातले इशारा गर्दै) यसो हेर्दा वर्ल्डकप जस्तो पनि छ ।’
‘त्यसलाई फुटबलको आकार दिएर डिजिटलमार्फत विश्वकप २०१८ लाई नेपाल स्वागत गर्दछ भनेर लेख्यो भने आकर्षक र नेपालको सहभागिता पनि हुन्छ,’ उनले भने ।
प्रतिक्रिया 4