बलिउड अभिनेता सलमान खान र आमिर खानबीच अहिलेसम्म सुमधुर सम्वन्ध छ । तर, उनीहरुबीच चाँडो फाटो आउन सक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । किनकी उनीहरुको बीचमा आएका छन्, रणवीर कपुर ।
सबैलाई थाहा छ, सलमान र रणवीर कपुरबीच लामो समयदेखि कोल्ड वार चलिरहेको छ । सलमानकी तत्कालिन प्रेमिका कटि्रना कैफलाई रणवीरले खोसेर आफ्नो बनाएदेखि उनीहरुको कोल्ड वार सुरु भएको हो । अहिले त रणवीरले कटि्रनालाई छोडिसके तर पनि सलमानको रिस मरेको छैन ।
सलमान रणवीरलाई मात्र होइन, रणवीरसँग नजिक हुनेहरुलाई पनि रुचाउँदैनन् । यसको पछिल्लो उदाहरण सञ्जय दत्त हुन् । सलमान र सञ्जयबीच राम्रो सम्वन्ध थियो । तर, जहिले आफ्नो बायोपिकमा रणवीरलाई खेलाउन सञ्जयले अनुमति दिए, सलमान उनीसँग पनि टाढिए । अहिले सलमान र सञ्जयबीच औपचारिक सम्वन्ध मात्र छ ।
अब पालो आएको छ आमिर खानको । आमिर यतिबेला रणवीरको प्रशंसक बनेका छन् । फरक खालका फिल्ममा अभिनय गरेका र जस्तो खालको चरित्रमा पनि न्याय गर्न सफल भएको भनेर उनी रणवीरको प्रशंसा गर्दै हिँड्न थालेका छन् । यति मात्र होइन, उनले भविष्यमा आफू रणवीरको ‘स्त्रिmप्ट डाक्टर’ बनेर सहयोग गर्न सक्नेसमेत बताएका थिए । अर्थात्, उनी रणवीरलाई प्रस्ताव आएका स्त्रिmप्ट पढेर फिडब्याक दिन चाहन्छन् । तर, आफूले दिएको फिडब्याकलाई रणवीरले मान्नुपर्ने उनको शर्त छ ।
रणवीर पनि आमिरका फ्यान हुन् । यो कुरा उनले सार्वजनिकरुपमै बताउने गरेका छन् । यसरी आमिर र रणवीर नजिकिँदै गएपछि सलमानको भने ब्लड प्रेसर बढ्न थालेको बताइन्छ । उनी चाहँदैनन् कि रणवीरको करिअरमा आमिरले सहयोग गरुन् । यदि आमिरले त्यस्तो गरेको खन्डमा उनीसँग पनि टाढिने मुडमा छन् सलमान ।
आफूभन्दा जुनियर कलाकारसँग यो हदसम्म रिसइबी राखेपछि सलमानको तीव्र आलोचना हुन थालेको छ । रणवीरले यस विषयमा मुख त खोलेका छैनन्, तर उनी भित्रभित्रै निकै आक्रोशित बनेको बताइन्छ ।
प्रतिक्रिया 4