+
+

गृहमन्त्रीले चोर र ठग भनेको भन्दै प्रदेश ७ का ठेकदारको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २९ गते १८:४८

२९ जेठ, कैलाली । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति प्रदेश ७ का ठेकदारहरुले आपत्ति जनाएका छन् ।

निर्माण व्यवसायी संघ कैलालीको सभाहलमा मंगलबार प्रदेश निर्माण व्यवसायी महासंघ प्रदेश ७ र निर्माण व्यवसायी संघ कैलालीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश अध्यक्ष मदनबहादुर कुँवरले गृहमन्त्रीले निर्माण व्यवसायीहरुलाई चोर र ठगको संज्ञा दिएको भन्दै आपत्ति जनाएका हुन् ।

अध्यक्ष कुँवरले मौजुदा कानूनमा चोर र ठगको छुट्टटै महल हुने भएकाले निर्माण व्यवसायीहरुलाई काूुनतः कारवाही गरे कुनै आपत्ति नरहेकेा समेत बताए ।

‘सरकारले निर्माणको ठेक्का दिदा आफ्नै गल्तीले पटक-पटक सर्बे डिजाइनहरु परिवर्तन गर्दा हुने तर ठेकदारले समयमा काम गरेन भनेर चोर र ठग भन्दै पक्राउ गर्न निर्देशन दिने’ उनले भने, ‘यो कहाँको नियमसंगत हुन्छ ?’

निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठीले भने के कति कारणले समयमा निर्माण सम्पन्न भएन भनेर हेर्ने दायित्व राज्यको भएको भन्दै समयमा अनुगमन समेत नहुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?