Comments Add Comment

गण्डकी विकास बैंकको अध्यक्षमा सुशील गौचन

काठमाडौं । गण्डकी विकास वैक लिमिटेडको सञ्चालक समिति अध्यक्ष पदमा सुशिल गौचन चयन भएका छन् ।

दशौं वाषिर्क साधारण सभाले संस्थापक तर्फ सुशिल गौचन, पद्य प्रसाद पौडेल, किशोर ओझा तथा सर्वसाधारण तर्फ नारायणबहादुर बानिया, कृष्ण वहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी समेत ६ जना संचालकलाई निर्विरोध निर्वाचित गरेको थियो । ।

निर्वाचन पश्चात बसेको बैंकको पहिलो सञ्चालक समितिको बैंठकले संचालक समितिको अध्यक्ष पदमा सुशिल गौचनलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

दशौं वाषिर्क साधारण सभाले १९ दशमलव ३१ प्रतिशत वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरे पश्चात बैंकको चुक्ता पूँजी कुल २ अर्व ७५ करोड पुगेको छ ।

पूँजीको हिसाबले गण्डकी विकास बैंक लिमिटेड सवै भन्दा बढी चुक्ता पूँजी भएको विकास बैंक भएको छ । बैंकलेे आ.व. २०७४/७५ को तेश्रो त्रैयमास सम्ममा निक्षेप २० अर्ब ४३ करोड पुर्‍याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड पुर्‍याएको छ ।

वैकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ ।

देशभरी नै शाखा सञ्जाल विस्तार गर्ने क्रममा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा छन् । यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट वैकिग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment