Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
Khamma Singh Darlami Magar, Bharshe, Gulmi
२०७५ जेठ ३० गते १५:२५
Reviewing all past history of Royal Nepal Army AKA Nepal Army and this news on ONLINEKHABAR I really shocked to hear that such poor organizational arrangement. I also understood that why/how Maoists rebels have defeated to Nepal Army during their Janayudhha 2052-2063
Jas Bahadur Bishowkarma
२०७५ जेठ ३० गते १४:५८
नेपाली सेनामा कार्यरत प्रमुख सेनानी (कर्णेल)हरुको अनुभव,कार्यक्षमता, कार्यदक्षता, वरिष्ठता र योगदानको उचित मुल्यांकन नगरि ,संसारको कुनै पनि सेनामा प्रचलित बढुवा प्रणालीको बर्खिलाप र सैनिक निमायवलीको आफूखुसी ब्याख्या गरी, जागिर खाएको २९ वर्ष अवधि पुगेका र २० वर्षमात्र पुगेका सबैलाई एकै दर्जामा राखेर प्रतिस्पर्धा गराउँदा नम्बर पनि मनोमानी र अपारदर्शी ढंगबाट दिएको, ९ वर्ष बरिष्ठलाई पनि कनिष्ठ बनाई आफ्ना इष्टमित्र नातेदारहरुलाई अगाडि बढाउने कुनियत राखी महासेनानी (फुल कर्णेल) बढुवा सिफारिस गरिएको देखिएकोले, लामोसमयसम्म आफ्नो संगठनमा इमान्दारीपूर्वक लागिपरेका सैनिक अधिकृतहरुको मनोबल गिराउने काम गरेका अवकाश हुनै लागेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको मनोमानिलाई रोक्नको निम्ति उक्त बढुवा सिफारिस फिर्ता हुन आवश्यक छ प्रधानमन्त्रीज्यु !
rajaram sharma
२०७५ जेठ ३० गते १४:४०
नेपाली सेनालाई बद्नाम गर्ने योजना अन्तर्गत एक पछिको एक योजना हो । अस्ति मात्रै नेपाली सेनाले अंतरराष्ट्रिय सैनिक खेलकुदमा सहभागी गराउनको लागि नेपाल सरकारले दिएकोछ स्विक्रितीको बिषयमा यो अनलाईनखवरडट्कमले नकारात्मक समाचार संप्रेषण गरेको थियो । आज बदुवाको बिषयमा समाचार सम्प्रेषण गरेको छ । बढुवाको बिषय भनेको गोप्य प्रकृतिको हुन्छ । कसले के कती नम्बर पायो र को को बढुवाको लागि नीती सम्मत योग्य छन भन्ने सम्बन्धमा त नेपाल सेनाको आर्मीको बढुवा समितिलाई मात्र थाहा हुन्छ र रिजल्ट प्रकाशित भए पछी मात्र पीडित कर्मचारीले तर्क सहित उजुरी गर्छ । तर यहाँं बढुवाको रिजल्ट नै प्रकाशित भएको छैन, उक्त बढुवामा को को परे भनेर जानकारी यो अनलाईनखबरडटकमले प्राप्त गरी समाचार सम्प्रेषण गरेको देखियो । यो समाचारको श्रोत के हो, प्रकाशमा ल्याउन जरुरी छ । समाचारमा भनिएका को को पीडित ब्यक्ती प्रधानमन्त्री तथा रक्षा मन्त्रीको मा पुगेर गुनासो गरे भन्ने बारेमा यस अनलाईनखबरडटकमले उल्लेख गर्न सकेन र क्षमता पनि छैन । विश्वको कुनै पनि संघसंस्थामा हुने बढुवाको प्रक्रिती र यस नेपाली सेनामा हुने बढुवाको प्रक्रिती उस्तै र समान तरिका छन । नेपाली सेनामा भएको यो बढुवा नियमावली बमोजिम नै छ, जुन कुरा रक्षा मन्त्रीले पनि स्वीकारीसक्नु भएको छ । नेपाली सेना र नेपाल सरकारले पनि यस सम्मानित संस्था नेपाली सेनाको बिरुद्धमा आउने पित समाचारको छानबिन गरी जसरी पनि कारवाही गर्नै पर्छ । नेपाल सेना नेपाल र नेपालीको संरक्षणको अमुल्य शक्ती हो, यसमा दुई मत छैन । तसर्थ यस संस्थालाई बिवादमा ल्याउने काम नगरौं र नगराउं । जय नेपाल । जय मातृभूमी ।
om bastola
२०७५ जेठ ३० गते १२:४६
jaha samma yasto paristhi aaux.mantriparisad le baduwa file lai phirta gari naya pradhansenapati aaye paxi baduwa ko prakrya agadi badauna nirdeshan dida pidit le naya pauna sakxan.nawa raj silwal jasta imadari officer le bhognu pareko niyeti nadorriyos.

महासेनानी बढुवा सिफारिसमा प्रधानसेनापतिले मनोमानी गरेको भन्दै उजुरी

रक्षामन्त्री भन्छन्– नियमावलीले मर्का पारेको छ

३० असार, काठमाडौं । नेपाली सेनाका ४७ जना प्रमुख सेनानी (कर्णेल) लाई महासेनानी (फुल कर्णेल) बढुवा सिफारिस विवादमा परेपछि मन्त्रिपरिषदमा पुगेर अड्किएको छ । अन्यायमा परेका बरिष्ठ अधिकृतले सिफारिस फिर्ता गर्न ध्यानाकर्षण गराएका छन् ।

प्रधासेनापति राजेन्द्र क्षेत्रीले ९ वर्ष जुनियर प्रमुख सेनानीहरुलाई अग्रपंक्तिमा बढुवा गरेर सिनियरलाई अन्याय गरेको उजुरी परेपछि सोमबारको मन्त्रिपरिषद बैठकमा सो एजेण्डा प्रवेश नगरेको स्रोतले जनाएको छ ।

नियतवश चलखेल

आगामी ०७५ सालमा खाली हुने महासेनानीको संख्या ४७ छ । कात्तिकमै पहिलो बेसिकका प्रमुख सनेताहरुलाई महासेनानीमा बढुवा गर्नुपर्ने नियमावलीको व्यवस्था विपरीत प्रधानसेनापतिले आफू निकटलाई अगाडि ल्याउन अहिलेसम्म रोकेर राखेको आरोप लागेको छ ।

यदी दुई पटक पदोन्नति गरिएको भए ०६९ मा बढुवा भएका २८ देखि ३१ बेसिकका प्रमुख सेनानी कात्तिकमै महासेनानी भइसक्ने थिए । बाँकी ३२ देखि ३६ का अधिकृतलाई आउने असोज कात्तिकमा बढुवा गर्दा रोलक्रम मिचिने र बढुवामा अन्याय परेर घर जानुपर्ने अवस्था आउने थिएन ।

तर, सेनापतिले आफू अवकाश हुनै लाग्दा आफू निकटहरुलाई बढुवाको शीर्ष स्थानमा राखेर सिफारिस गरेपछि जंगी अड्डाको सिफारिस विवादमा परेको छ । बढुवामा नपरेका सिनियर अधिकृतले नियम अनुसार दिएको निवेदनसमेत सुनुवाइ नभएपछि यो विषय रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म पुगेको हो ।

प्रधानसनेपति क्षेत्रीको सिफारिसलाई रक्षामन्त्री ईश्वर पोखरेलले पनि जस्ताको त्यस्तै सदर गरेर मन्त्रिपरिषदमा पठाएपछि अन्यायमा परेकाहरुको गुनासो प्रधानमन्त्रीसम्म पुगेको स्रोतले जनाएको छ ।

८ वटा बेसिकका सैनिक अधिकृतलाई एउटै लटमा बढुवा गर्ने प्रचलन काहिँ नभएको भन्दै रक्षामन्त्रीले शुरुमा सो सिफारिस पुनर्विचार हुने आश्वासन दिएका थिए । तर, पछि सोही प्रस्ताव अघि बढाइएको असन्तुष्टहरुको गुनासो छ ।

९ वर्ष बरिष्ठलाई पनि कनिष्ठ बनाइयो

नेपाली सेनाका २८,२९,३० र ३१ ब्याचका अधिकृतहरु ०६९ सालमा प्रमुख सेनानीमा बढुवा भएका थिए । त्यस्तै, ०७० मा ३२, ३३, ३४, ३५ र ३६ ब्याचका अधिकृत प्रमुख सेनानीमा बढुवा भएका थिए ।

तर, अहिले महासेनानी बढुवा गर्ने क्रममा २८ देखि ३६ बेसिकसम्मका सबैलाई एकै ठाउँमा राखेर ३६ बेसिकका पदमबहादुर बुढालाई एक नम्बरमा पुर्‍याइएको गुनासो सैन्य अधिकारीहरुको छ ।

संसारको कुनै पनि सेनामा प्रचलित बढुवा प्रणालीको बर्खिलाप र सैनिक निमायवलीको आफूखुसी ब्याख्या गरी एकै साथ ८ बेसिकका ८ वर्ष जागिर अवधि फरकरहेका अधिकृतहरुलाई एकैचोटि ‘प्रमोसन बोर्ड’मा राखी प्रतिस्पर्धा गराइएको भन्दै सेनाभित्र असन्तुष्टि बढेको छ ।

९ वर्ष जुनियर अधिकृतलाई सेनाजस्तो मर्यादाक्रममा चल्ने संस्थामा सबैभन्दा पहिलो नम्बरमा बढुवा गराएर सिनियर बनाउने कुराले चेन अफ कमाण्डमै असर गर्ने उच्च सैनिक अधिकारीहरु बताउँछन् ।

यदी एकैपटक ४७ जनाको बढुवा गर्नुपर्ने भएमा बरिष्ठ अधिकृतलाई कनिष्ठभन्दा बढी नम्बर दिनुपर्ने प्रचलन पनि भत्काइएको गुनासो अधिकृतहरुले गरेका छन् ।

भावी सेनापतिका लागि चलखेल

भावी प्रधानसेनापतिको लाइनमा आफ्नो मान्छे राख्ने योजनाअन्तर्गत चलखेल गरिएको आरोप छ । प्रधानसेनापतिले सिनियर अधिकृतहरुलाई पछि पारेर ३६ बेसिकका पदम बुढामगर, माधव थापा, रञ्जित थापा लगायतलाई शीर्ष स्थानमा सिफारिस गरेका छन् ।

त्यस्तै, ३३ बेसिकका पवन खत्री र ३२ बेसिकका द्रब्यराम भण्डारी पनि शीर्ष ५ भित्र पारिएका छन् ।

जबकि, २९, ३० र ३१ बेसिकका सिनियर अधिकृतहरुलाई निकै पछाडि राखेर माथिल्लो पदमा बढुवा हुने बाटो नै बन्द गर्न खोजिएको आरोप सेनापतिमाथि लागेको छ ।

प्रधानसेनापतिले सैनिक नियमावली अनुसार एकैपटक आठ बेसिकका अधिकृतहरुलाई बढुवा प्रतिस्पर्धा गराउनुपरेको भने पनि सेनामा यसअघि यस्तो भएको थिएन ।

सेनपातिका नातेदारलाई नियम लागेन

सैन्य स्रोतका अनुसार प्रधानसेनपतिका नजिकका नातेदार रविन्द्र केसीलाई महासेनानी बढुवा गर्दा नियमावली प्रयोग भएको थिएन ।

उनलाई बैकल्पिक उम्मेदवारमा राखेर पछि खाली भएका बेला प्रतिस्पर्धा नगराई महासेनानी बढुवा गरिएको थियो । जबकि, नियमावलीमा वैकल्पिक उम्मेदवार राख्ने प्रावधान छैन ।

सैनिक नियमावली ०६९ अनुसार प्रमुख सेनानीबाट महासेनानी बढुवा गर्दा एक जना बढुवा गर्न तीनजना बीच प्रतिस्पर्धा गराउने व्यवस्था छ । त्यसो गर्दा एउटै बेसिकका वा दुई तीनवटा बेसिकका अधिकृतहरुबीच प्रतिस्पर्धा गराउनुपर्नेमा प्रधानसेनपातिले एकैपटक ४७ जना बढुवा गर्ने भन्दै आठ वटा बेसिकका अधिकृतहरुलाई प्रतिस्पर्धा गराए ।

जबकि, प्रधानसेनपातिका विश्वासपात्र हालका महासेनानी अनुपजंग थापा र २८ बेसिकका पछाडिका अन्य अधिकृतहरुलाई पदोन्नति गराउँदा एक बराबार तीनजनाको अनुपात अलम्बन नगरिएको बताइएको छ । जागिर खाएको २९ वर्ष अवधि पुगेका र २० वर्षमात्र पुगेका सबैलाई एकै दर्जामा राखेर प्रतिस्पर्धा गराउँदा नम्बर पनि मनोमानी र अपारदर्शी ढंगले दिएको उजुरी परेको छ ।

एक उच्च सैनिक अधिकृतले भने, ‘सैनिक नियमावलीमा रहेको १ः३ को प्रावधानलाई अपब्याख्या गरियो । कनिष्ठलाई सबैभन्दा बरिष्ठमा सिफारिस गरिएको छ ।’

१ः३ को अनुमात भनेको आठ वटा बेसिकबीच प्रतिस्पर्धा गराएर समान पदोन्नति नम्बर दिनुले पनि यसमा ठूलो चलखेल भएको प्रष्ट हुने स्रोतको दाबी छ ।

जाँदाजाँदै सेनापतिको मनोमानी

बरिष्ठतामा तलमाथि पार्न खोज्दा बिगतमा १ः३ मा मात्र नटेकेर बुद्धिमतापूर्वक बरिष्ठताको सन्तुलन हुने गरी बढुवा सिफारिस गर्ने प्रचलन स्थापित भएको थियो । तर, प्रधानसेनपति क्षेत्रीले आफू साउनमा अवकाश हुनुअघि आफ्ना निकटस्थ ९ वर्ष कनिष्ठ अधिकृतलाई महासेनानीको शीर्ष स्थानमा राखेर बढुवा गर्न खोजेको स्रोतले जनाएको छ ।

बढुवा सिफारिस गर्दा नियमावलीमा रहेको अंक वितरणलाई न्यायोचित ढंगबाट वितरण नगरी कनिष्ठलाई माथि ल्याउन बरिष्ठलाई अन्याय गरिएको आरोप लागेको छ । विशेष गरी कायमी सेवा (जागिर अवधि) वापत प्राप्त हुने अंक ३१ देखि २६ बेसिक (५ वर्ष सिनियर, जुनियर) सबैलाई समान ५ अंक दिइएको छ ।

नियमावली अनुसार कायमी सेवा बापत १७ नम्बर दिन सकिन्छ । एक दिनको बरिष्ठ भए पनि कायमी सेवा अंक उसले बढी पाउने प्राबधान विपरीत २९ वर्ष सेवा अवधि र २० वर्ष सेवा अवधि भएका सबैलाई समान अंक दिएर सिनियर अधिकृतलाई अन्याय गरिएको गुनासो सरकार समक्ष पुगेको छ । यो भनेको भावी प्रधानसेनापतिको आधार तयार पार्न खोजिएको हो ।

नम्बरदेखि बिभुषणसम्म गोलमाल

कार्य सम्पादन बापत प्राप्त हुने ३३ अंकमा प्रधानसेनापति र पदोन्नति बोर्डमा रहेका उच्च अधिकृतहरुले आफ्नो मान्छेलाई मनपरी ढंगले दिएको आरोप समेत लागेको छ । कार्य सम्पादन मूल्यांकनबाट प्राप्त हुने अंकलाई एक सय मान्दा ८० भन्दा बढी दिनुपर्दा कारण खुलाउनुपर्छ ।

असाधारण काम गर्ने अधिकृतलाई दिइने नम्बरमा मनोमानी गर्दै आफ्ना निकटस्थलाई ९० नम्बर सम्म दिएको भेटिएको स्रोत बताउँछ । पहुँच नहुने बरिष्ठतम अधिकृतहरुलाई भने ८० भन्दा तलको अंक दिइएको छ ।

पदोन्नतिका क्रममा बिभुषणलाई ३ नम्बर दिने व्यवस्था नियमावलीमा छ । बिभुषण ऐन ०६४ अनुसार बिभुषण अन्तर्गत मानपदवी, अलंकार र पदक पर्छन् । तर, यसपटक महासेनानी बढुवा सिफारिसका क्रममा पदकलाई अंक नदिई आफू निकटस्थको नम्बर माथि पार्न खोजिएको आरोप समेत लागेको छ ।

निवेदनको सुनुवाई नै भएन

पदोन्नतिका लागि बोर्डले दिएको नम्बर पारदर्शी नभएको भन्दै उजुरी परेको छ । पदोन्नतिका लागि सिफारिस भएका ४७ जनाको नाम सार्वजनिक भएपछि असन्तुष्ट भएका केही अधिकृतले नियम अनुसार उजुरी पनि दिए ।

प्रमुख सेनानी मनोज खत्री र खन्नु मुन्ना राईले आफूहरु के कारणले पदोन्नति सिफारिसमा नपरेको भनी निवेदन दिएकोमा त्यसको सुनुवाई नभएको भन्दै लिखित र मौखिक उजुरी सरकारसमक्ष पुगेको स्रोतले जनाएको छ ।

सैनिक नियमावली अनुसार निवेदन दिने अधिकृतहरुलाई जंगी अड्डाले लिखित जवाफ दिनुपर्छ । तर, बरिष्ठता क्रममा रहेर पनि बढुवा नपाएका ती अधिकृतको निवेदनको कुनै सुनुवाई नै भएन ।

नियमावलीमा आफूले कति अंक प्राप्त गरेको हो भनेर हेर्न पाउने व्यवस्था छ । तर, सो व्यवस्थालाई यसपटक लत्याइएको र अपारदर्शी रुपमा अंक तलमाथि गरिएको आरोप सेनापतिमाथि लागेको छ ।

रक्षामन्त्री भन्छन्– नियमावलीले मर्का पारेको छ

अन्यायमा परेका अधिकृतहरुले सबैभन्दा पहिले आफ्नै संगठनमा गुनासो गरे । तर प्रधानसेनापतिले न्याय गर्न नसकेपछि उनीहरु रक्षामन्त्रालय पुगे । रक्षामन्त्रीले बढुवा सिफारिसमा मनोमानी भएको भन्दै जस्ताको तस्तै पास नहुने बताए पनि सो फाइल मन्त्रिपरिषद पुगिसकेको छ ।

प्रधानमन्त्रीपछिको दोस्रो बरियताका उपप्रधानमन्त्री ईश्वर पोखरेल मन्त्री भएको बेला पनि रक्षा मन्त्रालय जंगी अड्डाको आदेश तामेली गर्ने अड्डाबाट माथि उठ्न नसकेको यो प्रकरणले पनि पुष्टि गरेको छ । विवादमा परेको बढुवा सिफारिस पुनर्विचार गर्न रक्षमन्त्रीले प्रधानसेनापतिलाई फिर्ता पठाउन सक्थे तर किन गरेनन् ?

यसबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले सैनिक नियमावली अनुसार आएको प्रस्तावलाई मन्त्रालयले फिर्ता पठाउन नसकेको बताए । उनले यो नियमावलीकै कारण धेरै सैनिक अधिकृतमाथि मर्का परेको बारे आफू जानकार हुँदै हुँदै पनि कानुनसम्मत सिफारिस अगाडि बढाउनुको विकल्प नरहेको जवाफ दिए ।

पोखरेलले भने, ‘नियमावलीका कतिपय प्रावधानले चेन अफ कमाण्डलाई असर गर्ने देखिएको छ । यसबीचमा यही प्रक्रियाबाट चार/पाँच बेसिकका अधिकृतको बढुवा भइसकेको रहेछ । अब नियमावलीमा समयानुकुल परिमार्जन गर्दै जानुपर्छ भन्ने मेरो सोचाइ छ ।’

रक्षामन्त्रालयले पदोन्नतिलाई पारदर्शी र स्वीकार्य बनाउन पदोन्तनति बोर्डले दिएको सम्पूर्ण अंकहरुका विवरण माग गर्न सक्ने रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

तर, निमायवली देखाएर प्रधानसेनापति क्षेत्रीको मनपरी भने जारी रहेको गुनासो केही सैन्य अधिकारीहरुले गरेका छन् ।

अवकाशको मुखमा बढुवामा चलखेलजस्ता कार्यमा सेनापति आफैं संलग्न हुँदा रक्षामन्त्रालयले रोक्न नसकेको उच्च सैनिक अधिकृतहरुले टिप्पणी गरेका छन् ।

जाँदाजाँदै सेनापतिले सैनिक संगठनलाई दीर्घकालीन असरपर्ने खालका काम गरिरहेको भन्दै संसदको राज्य व्यवस्था समिति र सभामुख समक्ष पनि उजुरी हाल्ने तयारी सैनिक अधिकृतहरुले गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment