Comments Add Comment

सिटिजन्स बैंक र मेडिसिटी अस्पतालबीच सहकार्य


३० जेठ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल मेडिसिटी अस्पताल, भैसेपाटी बिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थितिमा आयोजित उक्त समारोहमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर श्री विजय रिमालले हस्ताक्षर गरे ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्डवाहक ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशत सम्म छुट पाउँनेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाईआधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment