+
+
Shares

सशस्त्रको गाडीबाट काठ तस्करी प्रकरणः डिएसपी भण्डारीसहित ३ जवान निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३१ गते १३:५३

३१ जेठ, काठमाडौं । प्रहरीकै गाडीमा राखेर काठको अवैध ओसारपसार गरेको आरोप लागेका सशस्त्र प्रहरी बलको अरुण गुल्म, चैनपुरका संखुवासभाका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको छ ।

सशस्त्र मुख्यालयका अनुसार भण्डारीसहित घटनामा संलग्न अन्य ३ जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र दिपेन्द्र कुमार कर्माकारलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको हो ।

गत २१ जेठमा अरुण गुल्मको बा १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजादैँ गरेको अवस्थामा धनकुटाको मूलघाटमा सशस्त्रकै सुरक्षा वेशको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

घटनाको अनुसन्धानका लागि सशस्त्रको पूर्व क्षेत्रीय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानबिन समिति गठन गरिएको थियो ।

घटनाको गम्भिरतालाई ध्यान राख्नु पर्ने भन्दै फेरि डिआईजी सुरजकुमार श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय छानवीन समिति गठन गरिएको थियो ।

प्रारम्भिक छानबिनबाट उनीहरुले कुनै निकायमा पनि जानकारी नगराइ संगठनको मर्यादा र नीति विपरित कार्य गरेको देखिन आएको जनाइएको छ ।

समितिले स्थलगत अध्ययन पछि उनीहरुको दोष देखिन आएको प्रतिवेदन सशस्त्र मुख्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?