Comments Add Comment

फुटबलर सुनिल क्षेत्रीको कस्तो छ फिटनेस फर्मुला ?

अहिले फुटबलको माहौल छ । त्यसै सेरोफेरोमा सुनिल क्षेत्रीको कुरा गरौं । सुनिल क्षेत्री, फुटबलप्रेमीलाई चिनाइरहनुपर्ने नाम होइन । नेपाली मुलका सुनिल भारतिय फुटबल टिमको कप्तान हुन् । जसै सुनिलले फुटबल मैदानमा प्रवेश गर्छन्, जादु देखाउँछन् ।

उनले ६४ औं अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनको प्रदर्शनलाई लिएर धेरैजसो आश्चर्यले जिब्रो टोक्छन् । आखिर सुनिलले कसरी यति शानदार प्रदर्शन गर्न सकिरहेका छन् ?

यसको पछाडि उनको खेल-कौशल छ वा अरु पनि केही ? आज हामी यस लेखमार्फत उजागर गर्दैछौ कि, सुनिल कसरी यसरी लगातार गोल गर्न सकिरहेका छन् ? उनको फिटनेसको राज के हो ?

खासमा सुनिलले यस्तो पर्फमेन्सका लागि कडा श्रम गर्ने गरेका छन् । उनले संयमित र सन्तुलित जीवनशैलीमा आफुलाई अभ्यस्त बनाएका छन् । उनको खानपान, व्यायाम र नियमित दिनचर्याले उनलाई मैदानको हिरो बनाएको छ ।

सुनिल के खान्छन् ?

सुनिलले कसरी मैदानमा यति उत्कृष्ट प्रदर्शन गर्न सक्छन् ? त्यसको एउटा जवाफ हो, उनको डाइट । एक अन्र्तवार्तामा सुनिल स्वयम्ले यो कुरा बताएका थिए । सुनिलले आफ्नो डाइट रुटीनलाई नियमपूर्वक पच्छ्याउँछन् । सुनिलका अनुसार उनी आफ्नो डाइटमा ओटमिल, अन्डा, फल, ड्राइ प|mुट्स, कफी र नरिवल पानी सेवन गर्छन् ।

सुनिलका अनुसार उनले पछिल्लो १५ बर्षदेखि यही डाइट चार्ट फलो गरिरहेका छन् । स्वस्थ्यबर्द्धक, सन्तुलित र पौष्टिक खानपानकै कारण आफु फिट एन्ड फाइन रहेको उनको बुझाइ छ । उनको खानपान मात्र राम्रो छैन, त्यसलाई खाने तालिका पनि नियमपूर्वक अपनाउने गरेका छन् ।

के गर्छन् ?

सुनिल फुटबलर भएका नाताले उनले आफ्नो शरीरलाई बलियो, उर्जावान्, छरितो, गतिशिल बनाउनैपर्छ । ३३ बषिर्य सुनिलले आफुलाई फिट राख्नका लागि व्यायाम छुटाउँदै छुटाउँदैनन् । उनी हरेक दिन नियमित रुपमा व्यायाम गर्छन् ।

साथै उनी मेडिटेशन पनि गर्छन् । यसले मनमा शान्ति मिल्ने उनको विश्वास छ ।

नयाँ फुटबलरलाई सल्लाह

आफुजस्तै फुटबलमा करियर बनाउन चाहने युवाहरुलाई उनी दृढ निश्चयी हुनका लागि सल्लाह दिन्छन् । खेल कौशल विकास गर्नुका साथै अनुशासित जीवनशैली अपनाउनुपर्ने उनको जोड छ । सुनिल भन्छन्, ‘तपाईं संयमित खानपान र जीवनशैली अपनाउनुहुन्छ भने तपाईंको फटनेस खराब हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment