Comments Add Comment

देउवाको नेतृत्व असफल भयो, अब सक्षमलाई ल्याउनुपर्छ : सुजाता


४ असार, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको दाबी गरेकी छन् । देउवाकै कारण पार्टी कमजोर भएको भन्दै उनले अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिइन् ।

सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा कोइरालाले चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने तर, पराजयको जिम्मेवारी लिनु पर्ने बताइन् ।

पछिल्लो समय कांग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको भन्दै उनले सक्षम र राम्रा मान्छेलाई भन्दा आˆना मान्छेलाई काखी च्याप्ने गरेको गुनासो पोखिन् । ‘गाउँ-गाउँमा सक्षम कार्यकर्ता छन्, सुतेर बसेकालाई जगाउन सक्ने हो भने कांग्रेस बलियो हुन्छ । फेरि जागेर आउँछ’ नेतृ कोइरालाले भनिन्, ‘पार्टीको तल्लो तहसम्मका नेताकार्यकर्ताको भावनाबुझ्न सक्ने नेतृत्व चाहिन्छ । माथि बसेर लाद्ने नेतृत्वले पार्टीलाई असफल बनाउँछ ।’

कांग्रेसले संसदमा प्रतिपक्षीको भूमिका पनि प्रभावकारी रुपमा निभाउन नसकेको उनको दाबी छ ।

पार्टीभित्रका सबै समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्व अबको आवश्यकता रहेको उनको भनाइ छ ।

महासमितिको बैठकपछि महाधिवेशनको यात्रा तय गर्नुपर्ने भन्दै उनले जसले विपीको सिद्धान्त अंगाल्न सक्छ, उसैलाई पार्टीको नेतृत्वमा ल्याउनुपर्ने बताइन् । ‘सधैं कोइराला परिवार रहँदैन, कोइराला हुँदैमा सबै राम्रो हुन्छ भन्ने छैन, तर बीपीको सिद्धान्त लागू गर्न सक्ने व्यक्ति चाहिन्छ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment