Comments Add Comment

एभरेष्ट बैंकको सीतापाइला शाखाको उद्घाटन


४ असार, काठमाडौं । देशको कुना-कुनामा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले काठमाडौंको सीतापाइलामा आफ्नो शाखाको उद्घाटन गरेको छ ।

सीतापाइला शाखाको समुद्घाटन बैंकमा संयुक्त लगानी रहेको पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक तथा एभरेष्ट बैंकका निर्देशक एलभी प्रभाकरले गरे ।

कार्यक्रममा बंैकका संस्थापक निर्देशक अरुणमान शेरचन, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment