+
+
Shares

पूर्वयुवराज पारस गोरखामा, कुलदेवी कालिकाको पूजा गरेर फर्किए

विकास मरहट्टा विकास मरहट्टा
२०७५ असार ६ गते १३:५३

६ असार, गोरखा । पूर्वयुवराज पारस शाह बुधबार गोरखा दरवार आएका छन् ।

मंगलबार साँझ गोरखा सदरमुकाम आइपुगेका शाह आज विहान शाहहरुको कुलदेवी कालिका मन्दिर पुगेका हुन् ।

मोटरसाइकल र्‍यालीसहित विहान दश बजे मन्दिर पुगेका शाह करिव डेढ घण्टा कालिकाको नित्य पूजामा व्यस्त भए । नित्य पूजासकिएलगत्तै उनले इष्ट देवता गोरखनाथको पनि दर्शन गरे ।

त्यसपछि ठूलोआगँनमा रहेको संगाहलय अवलोकनमा उनी व्यस्त रहे । संग्रहालयमा रहेका विभिन्न कक्षको अवलोकनसँगै त्यसबारे उनले जिज्ञासा पनि राखेका थिए । उनको जिज्ञासाबारे संग्रहालयका कर्मचारीले सहजिकरण गरिरहेका हुन्थे ।

अन्तिममा संग्रहालय परिसरमा रहेको राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर उनी गोरखाबाट फर्किए । उनी धार्मिक प्रयोजनका लागि गोरखा दरवार आएको बताइएको छ ।

हेर्नुस् तस्वीरहरु 

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?