+
+
Shares

सप्तकोशीमा डोजर बोकेको ट्रक खस्यो, दुईको मृत्यु

३ जनालार्इ बिराट नर्सिङ होम लगियो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ६ गते १४:३६
सप्तकोशी । फाइल फोटो

६ असार, काठमाडौं । सुनसरीस्थित कोशी ब्यारेजको पुलमा ठोक्किएर जेसीबी डोजर बोकेको ट्रक नदीमा खसेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक राजन अधिकारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मृत्यु हुनेमा डोजर चालक बराहा नगरपालिका-१ का बिनोद बराइली र  ट्रक चालक सुनसरी रामधुनी नगरपालिका-१ झुम्काका घनश्याम चौधरी छन् ।

अधिकारीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको थियो । घटनामा ९ जनालाई उद्दार गरिएको थियो ।

तर, २ जनालाई इनरुवास्थित जिल्ला सरकारी अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?