Comments Add Comment

अर्जेन्टिना ३-० ले पराजित, क्रोएसिया अन्तिम १६ मा

अर्जेन्टिनालाई दोस्रो चरण प्रवेश कठिन

८ असार, काठमाडौं । विश्वकप फुटबलको समूह चरणको दोस्रो खेलमा अर्जेन्टिना क्रोएसियासँग ३-० को फराकिलो अन्तरले पराजित भएको छ ।

पराजित भएसँगै दुई पटकको विश्वविजेता अर्जेन्टिनाको नकआउट चरण प्रवेश पनि कठीन बनेको छ  । जितपछि क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ ।

अर्जेन्टिनालाई फराकिलो अन्तरले हराउन क्रोएसियाका लागि एन्टे रेबिकले ५३, लुका मोडरिकले ८० औं र इभान र्‍याकिटिकले ९१ औं मिनेटमा गोल गरे ।

आजको खेलमा पनि अर्जेन्टिनी खेलाडी लियोनेल मेसीले गोल गर्ने सुन्दर अवसर पाउन सकेनन् । अर्जेन्टिनी टिममाथि क्रोएसिया हावी भएको थियो । पहिलो हाफ बराबरीमा रोकिए पनि दोस्रो हाफमा अर्जेन्टिनाको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै क्रोएसियाले दोस्रो चरण प्रवेश सुनिश्चित गरेको हो ।

समूह डीबाट दोस्रो चरणमा जाने अर्को टिममा अर्जेन्टिना, आइसल्याण्ड र नाइजेरियामध्ये एक हुनेछ  । अर्जेन्टिनाले २ खेलबाट १ अंक जोडेको छ भने १/१ खेल खेलेका अाइसल्याण्डको १ र नाइजेरियाको शून्य अंक छ । अर्जेन्टिना दोस्रो चरणमा प्रवेक गर्नका लागि नाइजेरियामाथि जित निकाल्नुका साथै क्रोएसिया र आइसल्याण्डबीचको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment