Comments Add Comment

महाभारतकी ‘ब्रेन विथ ब्युटी’ हुन् यी पात्र, जसको कथा सुनेर तपाई चकित हुनुहुनेछ

दुर्योधनकी श्रीमती हुन् भानुमति । भानुमति काम्बोज नरेश चन्द्रबर्माकी छोरी थिइन् । एकपटकको कुरा हो, राजाले भानुमतिको विवाहका लागि स्वयंवर समारोह आयोजना गरे । स्वयंवरमा शिशुपाल, जरासन्ध, रुक्मी, दुर्योधन, कर्ण आदि भारतवर्षका अनेकौं राजाहरू निमन्त्रित थिए ।

भनिन्छ, भानुमति हातमा वरमाला लिएर आफ्ना दासी एवं अंगरक्षकहरूसँग आइन् र एक एक गर्दै राजाहरूलाई नियाल्दै अघि बढ्न थालिन् । दुर्योधन भानुमतिले आफूलाई वरमाला पहिराऊन् भन्ने चाहन्थे तर त्यसो भएन ।

आफ्नो नजिकबाट भानुमति अलिकति अघि मात्र के बढेकी थिइन् दुर्योधनले झम्टदै गएर उक्त माला खोसी आफ्ना घाँटीमा आफैंले लगाए । यस्तो अप्रत्यासित घटना हुनेबित्तिकै त्यहाँ उपस्थित राजाहरूले तरबार निकाले । दुर्योधनले पजि नहडबडाईकन ती सबै राजालाई कर्णसँग लड्न चुनौती दिए । लडाइँ मच्चियो । कर्ण एक्लैले ती सबै राजाहरूलाई पराजित गरिदिए ।

भानुमतिलाई लिएर हस्तिनापुर आइसकेपछि दुर्योधनले यो कार्यलाई के भनेर उचित ठहर्‍याए भने भीष्म पितामहले पनि आफ्ना सौतेनी भाइ विचित्रवीर्यका लागि काशीनरेशका छोरीहरू अम्बा, अम्बिका र अम्बालिकालाई हरण गरेर ल्याएका थिए । यो तर्क सुनेपछि भानुमति पनि दुर्योधनसँग सहमत भइन् अनि उनीहरूले विवाह गरे ।

दुर्योधन र भानुमतिका दुई सन्तान भए-छोरो लक्ष्मण र छोरी लक्ष्मणा । लक्ष्मण महाभारतको युद्धमा अभिमन्युको हातबाट मारिए भने लक्ष्मणाको विवाह कृष्णको छोरो साम्बसँग भएको थियो । साम्ब र लक्ष्मणाको विवाह हुने क्रममा केही समय साम्ब कौरवहरूको बन्दी भएका भएका थिए भने यादव तथा कौरवहरूका बीच लडाइँसमेत हुन खोजेको थियो । बलरामको प्रयासमा लडाइँ टरेको थियो ।

जब भानुमति र कर्णवीच यस्तो भयो

भनाइ के छ भने भानुमति र कर्णका बीच पनि गहिरो मित्रता बसेको थियो । उनीहरू कृष्ण र द्रौपदीका बीचजस्तै मित्रवत् सम्बन्ध थियो । दुवै असल मित्र थिए र यो कुरा हस्तिनापुरमा लगभग सबैलाई थाहा थियो । एकपटकको कुरा हो- भानुमति र कर्ण बुद्धिचाल खेलिरहेका थिए । खेलमा कर्ण जितिरहेका थिए । त्यतिबेलै भानुमतिले दुर्योधन त्यहाँ आएको देखिन् र उठ्ने कोसिस गरिन् । कर्णलाई दुर्योधन आएको थाहा भएन, उनलाई लाग्यो भानुमति खेलमा हारिरहेका कारण उठेर भाग्न खोजिरहेकी छिन् । कर्णले उनलाई समातेर बसाउन खोजे ।

भानुमति त उठिन् तर उनको मोतीको माला कर्णको हातमा आएर चुडियो । त्यतिबेलासम्म दुर्योधन पनि त्यहीँ आइपुगेका थिए । दुर्योधनलाई देखेर भानुमति र कर्ण दुवैजना डराए । दुर्योधनले गलत शंका गर्ने हुन् कि भन्ने डर थियो दुवैलाई । तर दुर्योधनलाई कर्णमाथि पूर्ण विश्वास थियो । उनले छारिएका मोती उठाउन भने र जे कुरा गर्ने उद्देश्यले त्यहाँ आएका थिए त्यही विषयमा कर्णसँग चर्चा गर्न थाले । दुर्योधनको यही चरम विश्वासका कारण आफूबाट भएको घटनालाई लिएर शंका गरिनबाट कर्ण जोगिए ।

कतिपयले उक्त घटनालाई यसरी पनि वर्णन गर्छन्- दुईजना बुद्धिचाल खेलिरहेका थिए । भानुमति हारिरहेकी थिइन् र कर्ण खुसी भइरहेका थिए । यति नै बेला अचानक दुर्योधन आउन लागेको थाहा भएर भानुमति बसेका ठाउँबाट उठ्न खोजिन् । कर्णले हारेर भाग्न लागेकी हुन् भन्ने ठानेर भानुमतिको पछ्यौराको फेर समातेर बसाउन खोजे ।

अचानक भएको यो घटनामा भानुमतिको पछ्यौरा च्यातियो र त्यहाँ भएको मोती चुँडिएर छरियो । यति नै बेला कर्णले पनि दुर्योधन आइरहेको देखे । कर्ण र भानुमतिको अनुहार लाजले रातो भएको थियो । उनीहरू दुर्योधनले के भन्ने हुन् भनेर डराइरहेका थिए । दुर्योधन नजिक आउँदा पनि दुवैले उनको आँखामा हेर्न सकिरहेका थिएनन् । यत्तिकैमा दुर्योधनले भने मोती छरिरहन दिन्छौ कि म तिमीहरूलाई सहयोग गरौँ मोती उठाउन ?

ब्रेन विथ ब्युटी

भानुमति अत्यन्त सुन्दर, आकर्षक, तीक्ष्ण बुद्धि तथा अत्यन्त बलिष्ठ शरीरयुक्र शक्तिशाली थिइन् । महाभारतको सती पर्वमा गान्धारीले भनेकी छिन्-भानुमति दुर्योधनसँग खेलखेलमा कुस्ती खेल्थिन् जसमा उनी दुर्योधनलाई सजिलै पछारिदिन्थिन् । महाभारतको युद्धपछि भानुमतिलाई पति दुर्योधन तथा छोरो लक्ष्मणको मृत्युको गहिरो धक्का लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment