Comments Add Comment

३५ लाख सकियो, निश्चलसंग होला त फनफनी ?

भोलिबाट छायांकनमा जान लागेको चलचित्र ‘प्रसाद’मा विपिनसहित निश्चल बस्नेत पनि नायक छन् । यसअर्थमा अबको ४५ दिन उनको व्यस्तता ‘प्रसाद’ का लागि रहनेछ । त्यसको एक महिना पछि गत बर्षको सुपरहिट चलचित्र ‘दुई रुपैयाँ’को टिमले घोषणा गरिसकेको चलचित्र ‘डामाडोल’को छायाँकनमा उनी व्यस्त हुनेछन् ।

गत बर्षको कात्तिकमा निश्चल बस्नेतले निर्देशन गर्ने भनेर चलचित्र ‘फनफनी’को घोषणा भयो । हास्य श्रृंखला ‘भद्रगोल’का कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले निर्माण गर्ने भनेर २५ लाख पारिश्रमिक दिएर निश्चल बस्नेतलाई निर्देशकमा अनुबन्ध गरिएको समाचार त्यतिबेला आएको थियो । चलचित्र ‘फनफनी’का लागि कलाकार विपिन कार्कीलाई पनि १७ लाख पारिश्रमिक दिएर साइन गरिएको थियो ।

त्यसपछि चलचित्र ‘फनफनी’का समाचार आउन छाडे । निर्माताहरु कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ आफ्नै काममा व्यस्त भैरहे । निश्चल निर्देशकभन्दा पनि अभिनेता भएर चलचित्रहरुमा आफ्नो व्यस्तता बढाइरहेका छन् । विपिन कार्की पनि विभिन्न चलचित्रहरुमा काम गर्नमा व्यस्त छन् । यस्तो अवस्थामा घोषणा भएको नौ महिना बितिसक्दा पनि चलचित्र ‘फनफनी’को कतै चर्चा नै सुनिएको छैन ।

आगामी भदौबाट छायांकनमा जाने तयारीमा निर्माताहरु रहेको पछिल्लो जानकारी प्राप्त भएको छ । तैपनि निर्देशक निश्चल बस्नेतलाई भने चलचित्र ‘फनफनी’को स्क्रिप्ट मन परिसकेको छैन । उनले आफुले भनेको जस्तो स्क्रिप्ट नभएमा निर्देशन नगर्ने मनसाय बनाउन सक्ने संभावना रहेको उनको निकटम सुत्रले बताएका छन् । यो अवस्थामा चलचित्र ‘फनफनी’ बन्ला त ? अथवा बने पनि निश्चलले निर्देशन गर्लान वा नगर्लान् । अर्जुन घिमिरे ‘पाँडे’ भन्छन्, ‘फनफनीका लागि अहिलेसम्म झण्डै ३५ लाख खर्च गरिसकेका छौं र तयारी पनि गरिरहेकै छौं ।’ यद्यपी उनीहरु अझैपनि अन्योलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment