Comments Add Comment

अप्रेशनको विकल्पमा ‘प्लास्टर’ विधिबाट उपचार !

तालिममा सहभागीहरू

११ असार, काठमाडौं । दुर्गमका जनताको स्वास्थ्य उपचारमा सहजता ल्याउने उद्देश्यले अर्थोपेडिक चिकित्सकहरुले अप्रेशनको विकल्पमा प्लास्टरको माध्यमबाट उपचार गर्ने भएका छन् । दुर्घटना वा कुनै कारणबस अंगभंग भएमा दुर्गम क्षेत्रमा अप्रेशन गर्ने उपकरण उपलब्ध नहुने भएकाले त्यसको विकल्प ‘प्लास्टर’लाई लिइएको हो ।

अर्थोपेडिक चिकित्सकहरुको अन्तर्राष्ट्रिय छाता संगठन एलाइन्स फाउण्डेशनले नेपालका चिकित्सकहरुलाई यसबारे विशेष तालिम दिएको छ । स्वदेश तथा विदेशका वरिष्ठ अर्थोपेडिक चिकित्सकहरुले शल्यचिकित्साबारे तालिम दिएका हुन् ।

वरिष्ठ अर्थोपेडिक डा. रमेश सिंहले दुर्गमका नागरिक सामान्य उपचार समेत पाउन नसकेको अवस्थामा यस तालिमले महत्वपूर्ण भूमिका खेलेको बताए ।

विशेष गरी दुर्गममा गएर सेवा दिएका शल्य चिकित्सकहरुलाई तालिममा सहभागी गराइएको थियो । ३२ जना चिकित्सक सहभागी तालिममा तत्काल रोकथाम गर्ने प्रविधि र त्यसपछिको प्रक्रियाका बारेमा जानकारी गराइएको सिंहले बताए । ‘दुर्गममा तत्काल अप्रेशन गर्न सक्ने अवस्था रहँदैन उनले भने, ‘त्यसका लागि महत्वपूर्ण उपचार भनेको प्लास्टर नै हो । त्यसैले प्राथमिक उपचारका दृष्टिले पनि यो उपाय अपनाएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment