+
+
Shares

विनय र श्रृष्टीको प्रेम र झगडा, हट अवतारमा सुष्मा

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ११ गते १३:०९


चलचित्र रोमियो एन्ड मुनाको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा विनय श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सुष्मा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । विन्दास विनय र सोझी श्रृष्टीको प्रेम र झगडालाई ट्रेलरमा समावेश गरिएको छ ।

यो चलचित्रलाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । चलचित्रमा सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको पनि अभिनय छ । हट नायिकाको रुपमा परिचित सुष्मालाई विकिनी अवतारमा ट्रेलरमा देखाइएको छ ।

साउन ११ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रलाई प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यको लगानी छ । निर्देशक केसीको पटकथा रहेको चलचित्रमा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?