१४ जेठ, काठमाडौं । काभ्रेमा संसदीय प्रणाली अनुसार नेपाली भाषामा बहस प्रतियोगिता हुने भएको छ । बहसकर्ता नेपालको आयोजनामा आगामी शुक्रबार र शनिबार बनेपा–१०, गोदाम चोकमा ‘काभ्रे बहस–२०७५’ सञ्चालन हुने भएको हो ।
आयोजक समितिका संयोजक सञ्जिव न्यौपानेका अनुसार प्रतियोगितामा जिल्लाभरका २० कलेज तथा विद्यालयहरुले सहभागिता जनाउनेछन् । प्रतियोगितामा विजयी हुनेले नगद, ट्रफी, मेडल र प्रमाण पत्र पाउने उनले बताए ।
आयोजक संस्थाका अध्यक्ष किरण ज्ञवालीका अनुसार विद्यार्थीहरुको सिर्जनात्मक तथा पाठ्यक्रम अतिरिक्तको गतिविधिलाई साझा गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
सो प्रकारका बहस कार्यक्रमहरु यसअघि पनि विभिन्न जिल्ला र प्रदेशमा सञ्चालन गरिसकिएको संस्थापक धिरज जोशी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4