Comments Add Comment

कलंकीमा मिचिएका सार्वजनिक जग्गा खोज्दै वडाध्यक्ष

उद्योगको पर्खालमा पिक चलाइन्


१२ असार, काठमाडौं । सार्वजनिक जग्गा संरक्षण गर्ने कामको शुरु गर्दै महानगरको वडा नम्बर १४ले मंगलबार विहान खड्कुँले पुलको दायाँतर्फबाट मालपोत जाने मार्ग, एएसटी नामक कम्पनीले निर्माण थालेको भवनको पर्खाल भत्काउन थालेको छ ।

मालपोत र नापी कार्यालयबाट आएका सर्भेक्षकले ४ आना जग्गा कम्पनीको पर्खालभित्र रहेको जनाएपछि भत्काउन थालिएको हो । सो क्रममा वडाध्यक्ष शोभा सापकोटाका खड्कुले पुल नजिकैको उद्योग परिसरमा आफैं पिक बोकेर पुगेकी थिइन् । भत्काउने गरी नाप नक्साङ्कन गरेर आफू र्फाएको र केही दिनमै पर्खालमा डोजर चलाइने उनले बताइन् ।

एएसटी प्याकेजिङ खाद्यवस्तुमा प्रयोग हुने तथा स्वादका लागि उपयोग हुने रसायनमा काम गर्ने कम्पनी हो ।

सो क्रममा भेला भएका सार्वजनिक जग्गा जोगाउन लागेका स्थानीयहरु त्यस ठाउँमा ८ आना जग्गा मिचिएको दावी गरिरहेका थिए । स्थानीयको यो दावीमा उत्तर दिँदै नापी कार्यालय कलंकीबाट खटिएका सर्वेक्षक पन्नालाल शाहले बाँकी जग्गा सडकमा परेको बताए ।

उनको उत्तरमा स्थानीयले चित्त बुझाएएनन् । उनीहरु थप्दै थिए, सार्वजनिक जग्गालाई नापीले सडकमा देखाइदिन्छ ।अनि कसरी जोगिन्छ, खाली ठाउँ?

यससँगै वडाले सार्वजनिक भनिएका २७ रोपनी जग्गाको स्वामित्व खोजी गर्न थालेको छ । ‘मान्छेलाई सार्वजनिक जग्गा देख्नै नहुने भइ सक्यो, भेट््यो कि, अतिक्रमण थालि हाल्छ,’ वडाध्यक्ष सापकोटाले भनिन्, ‘वडाको नक्सा ल्याइसकेका छौं । अव नक्सा हेर्दै, सार्वजनिक जग्गालाई तारबार गर्छौं । वडामा आउने, मालपोत र नापीमा जाने, मान्छेलाई लोभमा पार्नेहरुले सार्वजनिक जग्गा सकेका हुन् । म मेरो पालामा यसलाई सच्याएरै छोड्छु । मलाई न लोभ, न लालच । ‘

सरकारी कार्यालयवीचको समन्वय नहुँदा वीचमा बसेर चलखेल गर्नेलाई सजिलो भएको उनको भनाइ छ ।

एएसटी कम्पनीको निर्माणाधीन भवनको वीचमा राजकुलो रहेको दावी स्थानीयको छ । यता नापी सर्भेक्षक शाहले भने नयाँ नापी नक्सामा त्यस्तो नदेखिएको जानकारी दिए ।

‘पुरानोमा थियो होला, त्यो हामीले हेरेका छैनौं । हामीले नयाँ नापी अनुसार काम गरेका हौं, त्यसमा भएको कुलो मिलान गरेर सारिएको हुन सक्छ,’ सर्भेक्षक शाहले भने ।

पछिल्लो समयमा मिलान गरेरै भए पनि सार्वजनिक जग्गा व्यक्तिका नाममा नामसारी भइरहेका छन् । त्यसैकारण अव सार्वजनिक जग्गा संरक्षण अभियानमा मिलानको मापदण्ड तथा पुरानो नापी नक्सालाई नयाँ नापी नक्सामा रुपान्तरण गर्दाको संस्थागत अभिलेखीकरण नियाल्न आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment