Comments Add Comment

माननिय बनेपछि पनि कोमल वलीलाई तिज गीतको भोक


गायिका कोमल वलीको फड्को लोभलाग्दो छ । सञ्चारकर्मी, गायिका हुँदै उनी राष्ट्रिय सभाको सांसद बनेकी छिन् । राजनीतिमा लागेपछि कोमल वलीले आफ्नो परिचय स्थापित गरिदिने गायन पेशालाई विर्सिन्छिन् भन्ने अड्कल धेरैले लगाएका थिए । तर, उनीहरु गलत सावित भएका छन् । उनले हालै एउटा तिज गीत रेकर्ड गराइन् ।

कोमल वलीलाई गायन पेशामा सर्वाधिक धेरै चर्चा दिएको नै तीज गीतले हो । ‘पोइला जान पाम’ जस्ता गीत गाएर विवाद र चर्चामा आएकी कोमल वलीलाई माननिय बनेपछि पनि तीज गीतको भोकले छाडेको रहेनछ ।

उनले, मंगलबार ललितपुरमा नयाँ तीज गीतको भिडियो छायांकन गरिन् । पवित्रा आचार्यले कोरियोग्राफी गरेको भिडियोमा कोमल आफैले मोडलिङ पनि गरेकी छिन् । उनलाई गायक पशुपति शर्माले साथ दिएका छन् ।

यसपटक, आफ्नो राजनीतिक छविलाई पनि विशेष ध्यान दिदै जनचेतनामुलक गीत गाएको कोमलले बताएकी छिन् । आफ्नो पहिचान नै संगीतले बनाएको भन्दै उनले यसलाई छाड्न नसक्ने उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment