Comments Add Comment

‘सुनको हलो’ले जोतेको ठाउँमा कृषिमन्त्रीले धान रोप्ने !

राजा शुद्धोधनले जोतेको खेतमा रोपाइँ महोत्सव हुँदै

१३ असार, काठमाडौं । हरेक वर्षजस्तै यस वर्ष पनि १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ । धान दिवसको अवसरमा कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव) ले हिलो खेतमा पसेर रोपाइँ गर्नेछन् ।

विगतमा पनि असार १५ मा कृषि मन्त्रीले खेतमा हिलो खेल्दै रोपाइमा सहभागी हुने प्रचलन रहेको छ ।

कृषिमन्त्री खनाल कपिलवस्तुको तिलौैराकोटमा आयोजना हुने रोपाइँ महोत्सवमा सहभागी हुने निजी सचिव अर्जुन भण्डारीले जानकारी दिए ।

तिलौराकोट त्यो ऐतिहासिक ठाउँ हो, जहाँ राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएको किम्वदन्ती छ ।

यसपटक सोही स्थानमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री खनालले खेत जोत्ने र धान रोप्ने उनको सचिवालयले जनाएको छ ।

गृहजिल्ला कपिलवस्तुको धान रोपाइँमा सहभागी हुन कृषि मन्त्री खनाल बुधबार नै धादिङ हुँदै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

निजी सचिव भण्डारीका अनुसार यसपटक राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई पर्यटन प्रवर्द्धनसँग जोडेर मनाइनेछ । यसका लागि लुुम्विनी विकास कोषसँग मिलेर तिलौराकोटमा भव्य कार्यक्रम आयोजना गरिन लागेको हो ।

कार्यक्रम तिलौराकोट दरवारको पूर्वी ढोकातर्फ आयोजना हुनेछ । त्यसलाई ‘धान रोपाइँ मंगलोत्सव कपिलवस्तु’ नाम दिइएको लुम्बिनी विकास कोष कार्यकारिणी सदस्य तथा कार्यक्रम संयोजक राजेश ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment