Comments Add Comment

आमालाई दिदी नाता लगाएर छोरीको बलात्कार, समातिए अभियुक्त

१५ असार, काठमाडौं । आमासँग दिदीको नाता लगाएर नजिक भइ छोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर–२ का ३४ वर्षीय ज्योति श्रेष्ठ छन् ।

महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार श्रेष्ठले बलात्कृत १६ वर्षीय किशोरीकी आमालाई ५ वर्षदेखि दिदी भन्दै आएका थिए ।

त्यसकै फाइदा उठाएर काठमाडौंको गौशालामा सँगै बस्दै आएका श्रेष्ठले घरमा कोही नभएको मौका पारेर युवतीलाई बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

प्रहरीका अनुसार श्रेष्ठले त्यो कुरा आमालाई भने ज्यान मार्ने धम्की दिएका थिए ।

वृत्तका डिएसपी अनुपम श्रेष्ठले काठमाडौं–८, गुहेश्वरीबाट ज्योतिलार्इ पक्राउ गरेर जबरजस्तीकरणी मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment