+
+
Shares

महजोडीको फिल्ममा किन दोहोरिएनन् निर्देशक प्रदिप भट्टराई ?

किरण केसी भन्छन्ः हरिदाईको प्रस्तावमा मेरो छोरा निर्देशक

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १७ गते ८:००

‘सत्रु गते’को सफलतापछि मह सञ्चार र किरण केसीले नयाँ फिल्म ‘दाल भात तरकारी’ घोषणा गरेका छन् । आधाउधि पुरानै कलाकारहरु राखेर बनाइने भनेको यो फिल्ममा निर्देशक भने परिवर्तन गरिएको छ ।

सत्रु गतेको निर्देशन प्रदिप भट्टराईले गरेका थिए । उनी लामो समयसम्म मह जोडीसँग निकट रहेर काम गरेका व्यक्ति हुन् । आफूले निर्देशन गरेको पहिलो फिल्म ‘जात्रा’ बाट चर्चा बटुलेका प्रदिपले ‘सत्रू गते’ मा पनि आफूलाई प्रमाणित गरेका थिए ।

तर, सत्रुगतेको टिमले निर्माण गर्ने नयाँ चलचित्र ‘दाल भात तरकारी’ मा भने किरण केसीका छोरा सुजन केसीलाई निर्देशक बनाइएको छ । यसबाट कतै प्रदिपसँग यो टिमको सम्वन्ध बिग्रेको त होइन भन्ने प्रश्न उठेको छ । कतिले चाहिँ आफ्नो छोरालाई निर्देशक बनाउनका लागि किरणले प्रदिपलाई बाइपास गरेको चर्चा पनि गरेका छन् ।

यस विषयमा प्रश्न गर्दा किरणले प्रदिपसँग कुनै असझदारी नरहेको बताए । प्रदिपको व्यस्तताका कारण यो फिल्म निर्देशन गर्न नसकेको उनको भनाई छ ।

‘उहाँले यसअघि नै जात्राको सिक्वेल जात्रैजात्रा निर्देशन गर्ने घोषणा गरिसक्नु भएको छ । त्यसैले हाम्रो फिल्म गर्न नभ्याउनु भएको हो । हामीबीचको सम्वन्ध पहिले जस्तै छ,’ उनले भने ।

हरिवंश आचार्यको प्रस्तावमा आफ्नो छोरा सुजनलाई फिल्म निर्देशनको जिम्मेवारी दिएको किरण दावी छ ।

‘धरोधर्म मैले प्रस्ताव गरेको होइन । हरिदाईले मेरो छोराको प्रतिभालाई चिनेर उसलाई नै निर्देशन गर्न दिउँ भन्नुभएको हो । हाम्रो परिवार हरिदाईप्रति अनुग्रहित छ ।’ केसीले भने ।

आफ्नो छोरा फिल्म निर्देशन गर्न सक्षम रहेको उनी बताउँछन् ।

‘उ टेक्निकल्ली एकदम पर्फ]{ट छ । उसले राम्रो फिल्म बनाउन सक्छ भन्नेमा मलाई कुनै शंका छैन,’ किरणले भने ।

सुजनले यसअघि सत्रुगते सहित करिब एक दर्जन फिल्ममा सहायक निर्देशकको रुपमा काम गरेका छन् ।

दाल भात तरकारी आगामी मंसिरबाट फ्लोरमा जाने किरणले बताएका छन् । फिल्मको कथा, पटकथा, संवाद हरिवंशले लेखिरहेका छन् । कलाकारहरु धेरैजसो पुरानै दोहोरिने भए पनि दिपकराज गिरी र दिपाश्री निरौलाले खेल्ने/नखेल्ने निश्चित नरहेको किरणले बताए ।

‘उहाँहरुसँग कुरा भएको छैन,’ उनले भने, ‘कथाको मागअनुसार अन्य कलाकार छनौट गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?