Comments Add Comment

पहिलोपटक विमानमा यात्रा गर्दैहुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्


के तपाई पहिलोपटक विमानमा यात्रा गर्दैहुनुहुन्छ ?

यदि तपाई पहिलोपटक विमानमा यात्रा गर्दैहुनुहुन्छ भने यसबारेमा धेरै जिज्ञासाहरु हुन सक्छन् । तर, तपाईलाई बारम्बार विमानमा यात्रा गरिरहने साथीहरुसँग यसबारेमा गाह्रो लागिरहेको हुन सक्छ । यस्तै पहिलो उडान लामो दुरीको छ भने तपाईले विमानमा लामो यात्रा गर्दा के गर्ने र विमानमा कसरी सुत्ने भन्नेबारेमा पनि पहिले नै जानकारी लिएमा सजिलो हुन्छ ।

विमानमा यात्रा गर्दा तपाईले ध्यान दिनुपर्ने कुराहरु निम्न छन्ः

आफ्नो कागजातहरु ठिक पार्नुहोस्

पहिलोपटक विमानमा यात्रा गर्दा धेरैलाई आफ्नो यात्रामा बोर्डिङको लागि के के कागजातहरु आवश्यक हुन्छ भनेर चिन्ता हुन्छ । तपाईले सबैभन्दा महत्वपूर्ण कागजपत्र भनेको पासपोर्ट हो भन्ने बुझ्नुपर्छ र आफ्नो पासपोर्ट अपडेट छ कि छैन भन्ने निश्चिन्त हुनुपर्छ । कतै विदेश यात्रा गर्दै हुनुहुन्छ भने पासपोर्टको म्याद कम्तीमा पनि तीन महिना बाँकी हुनुपर्छ ।

यस्तै बिदा मनाउन हिड्न अघि यात्रा बिमा बुक गर्नुहोस् । आफ्नो बिमाको कागजातहरु पि्रन्ट गर्नुहोस् र आफैसँग लिएर हिँड्नुहोस् । यस्तै बिरामी भैहालियो भने बिमाले ब्यहोर्ने मेडिकल सहयोगको लागि आकस्मिक सम्पर्क नम्बरहरु साथमा राख्नुहोस् ।

धेरै एयरलाइन्सहरुले आजकाल इ-टिकेट उपलब्ध गराउँछन् । जसलाई तपाईले आफ्नो ट्याब्लेट वा स्मार्टफोनबाट देखाउन सक्नुहुन्छ । यदि टिकट अनलाइन बुक गर्नुभयो र पि्रन्ट पनि चाहिएको छ भने नआत्तिनुहोस तपाईलाई विमानस्थलका कर्मचारीलाई देखाउन पर्ने सबै जानकारीको साथमा पि्रन्ट गर्न मिल्ने टिकट दिइन्छ ।

यसलाई चेकइन डेस्कमा देखाएपछि कर्मचारीहरुले तपाईलाई भौतिक बोर्डिङ पास दिनेछन । यसमा फ्लाइट नम्बर, उड्ने समय र सिट नम्बर उल्लेख गरिएको हुन्छ । यसले तपाईलाई विमानसम्म जाने अनुमति पनि दिन्छ । त्यसैले यसलाई सुरक्षित राख्नुहोस् ।

आफ्नो लगेज चिन्नुहोस्

नियमित विमानमा उडिरहने यात्रुहरु पनि कहिले काँही ब्यागेजको बारेमा एयरलाइन्सको नियमको बारेमा धेरै भ्रममा परिरहन्छन् । तर पहिलोपटक विमानमा यात्रा गर्दै गर्दा क्याबिन र होल्ड लगेजको बारेमा थाहा पाइराख्नुपर्छ ।

त्यसपछि तपाईले कुन लैजाने र कुन नलैजाने निर्णय गर्नसक्नुहुन्छ । यदि तपाई लामो दुरीको उडानमा हुनुहुन्छ भने तपाईले दुवै लैजान सक्नुहुन्छ । धेरै जसो छोटो दुरीको यात्रामा एयरलाइन्सहरुले तपाईलाई केहि दिनको लागि आवश्यक सामान अटाउने एक ब्याग वा लगेज लान दिन्छन् ।

त्यस्तै तपाईलाई थप झोला वा लगेज लैजान पर्ने भयो भने तपाईले थप शुल्क तिर्नुपर्ने हुन्छ, त्यसैले थोरै सामान मात्रै लिएर यात्रा गर्नुहोस् ।
सबै एयरलाइन्सले होल्ड लगेज र क्याबिन ब्यागको आकार वातौलमा आआफ्नै सीमा तोकेका हुन्छन । आफ्नो एयरलाइनसको कस्तो नियम छ त्यो थाहा पाइराख्नुहोस् र त्यसै अनुसार तयारी गर्नुहोस् किनभने कतै पनि यति नै लगेज लैजाने भन्ने युनिभर्सल नियम छैन् ।

उडानको समयमा

विमानस्थलबाट सबै प्रक्रिया पार गरेर फ्लाइटमा जान तयार भएपछि तपाई नर्भस हुनसक्नुहुन्छ । तर, विमानमा चढी सकेपछि आरामले बस्ने र केही घन्टाको यात्रापछि राम्रोसँग अवतरण हुनेमा ढुक्क हुनुपर्छ ।विमानमा चढिसकेपछि सबैभन्दा पहिले आफ्नो सिट पत्ता लगाएर आफ्नो क्याबिन लगेजहरु राम्रोसँग राख्नुहोस् । प्राय फ्लाइटहरुले सिट तोकेका हुन्छन । बोर्डिङ पासमा नम्बरको पछाडि एक अक्षर हुन्छ त्यहि अनुसारको सिटमा बस्नुहोस् । उक्त नम्बरले तपाई कहाँ बस्ने भनेर बताउँछ भने कुन साइड वा बीचको लहरको सिट हो भन्ने बताउँछ ।

विमानमा केहि असजिलो भयो भने नहिच्किचाइ क्याबिन क्रुसँग सहयोग माग्नुहोस् । उनीहरुले सिट पत्ता लगाउन, लगेजलाई सुरक्षित ठाँउमा राख्न मद्धत गर्छन् ।

उडानको लागि तयार हुनुहोस्

विमान टेकअफ हुनभन्दा पहिले तपाईलाई केहि प्रक्रियाहरु सिकाइन्छ । आफ्नो पहिलो उडानमा हुनुहुन्छ भने कसरी सिटबेल्ट बाँध्ने भनेर सिकाउँदा ध्यान दिनुहोस् । तपाईलाई सिट अगाडिका विभिन्न लाइटहरुको अर्थ के हो र तपाईले इमर्जेन्सिमा के गर्ने भनेर पनि सिकाइन्छ । बिर्सन नहुने कुरा प्रत्येक उडान अघि क्रु मेम्बरले यी कुराहरु सिकाउँछन् किनभने प्रत्येक फ्लाइटमा नयाँ यात्रु हुने धेरै हुने सम्भावना हुन्छ ।

पहिलोपटक विमानले टेकअफ गर्दा हुने अनुभूतीको बारेमा चिन्ता गरिरहनु भएको छ ? गह्रुंगो धातुको वस्तू एकैचोटी आकाशमा गएकोमा तपाईलार्य अलि अप्राकृतिक लाग्न सक्छ ।

तर, तपाईलाई भौतिकशास्त्रको नियमको बारेमा थाहै होला । यसले तपाईलाई भावनात्मक रुपमा तयार बनाउन सहयोग गर्छ । जसरी तिव्र गतिमा गुडेको कारले तपाईलाई सिटमा पछाडि धकेल्छ विमान उड्ने बेलामा पनि त्यस्तै हुन्छ । तपाईले २५ सेकेण्डजति पछि विमान माथि गएको जस्तो अनुभव गर्न सक्नुहुन्छ र यदि दिउँसोको समय छ भने तपाईले जमिन देख्नसक्नुहुन्छ र हावाबाट विभिन्न दृश्यहरु हेर्दा धेरै रमाइलो लाग्छ ।
कुनै निश्चित विन्दुपछि विमान धेरै माथि क्रुज उचाइमा पुग्छ । विमान जति माथि जान्छ उति हल्लिन कम हुनछ र स्मुथ तरिकाले उड्छ । यसपछि क्याप्टेनले तपाईलाई सिटबेल्ट खोल्न र आफ्नो खुट्टाहरु तन्काउने अनुमति दिन्छन् ।

फ्लाइटमा गरिने व्यवहार

झण्डै ३० हजार फिट माथि उडिरहँदा अन्य यात्रुहरुसँग कसरी कुराकानी गर्ने वा अन्तक्रिर्या गर्ने भन्ने बारेमा तपाईले सोच्नुपर्छ । धेरै बोल्ने, अरुलाई असर गर्ने, धेरै पिउने जस्ता कार्यले अरुलाई असर गर्न सक्छ त्यसैले बेलैमा यसबारेमा सोच्नुहोस् ।

खाना र मनोरञ्जन

तपाईलाई कस्तो खानेकुरा दिइन्छ भन्ने एयरलाइन्स र उडानको अवधीमा भर पर्छ । उडानमा प्रायजसो केहि नास्ता, सिमित मात्रामा अल्कोहल र अन्य पेयपदार्थ दिइन्छ । तपाईलाई उडानमा खानेकुरा उपलब्ध छ कि छैन भन्ने कुराको जानकारी पहिले नै दिइन्छ र छ भने तपाईलाई के के खानुमनपर्छ त्यो कुरा फ्लाइट बुक गर्दा नै सोधिन्छ । यदि सोधिएन भने खाना र डि्रङ्क दिइन्छ तर, त्यसको थप चार्ज लाग्न पनि सक्छ ।

यदि तपाई बजेट एयरलाइन्समा उडिरहनुभएको छ भने सानो टिभी स्कि्रन र केहि स्क्र्याच कार्डहरु भएकोमा दुखी नहुनुहोस् । यसै कारण हामी तपाईलाई आफ्नो पुस्तकहरु र म्युजिक लैजान सल्लाह दिन्छौं जसले तपाईलाई समय काट्न सहयोग गर्छ ।

एयरलाइन्स र एयरपोर्टको बारेमा बुझ्नुहोस्

तपाई अझै पनि आफ्नो यात्रा कस्तो हुन्छ भनेर अझै विस्वस्त हुन सक्नुभएको छैन ? यदि छैन भने धेरैजसो विमानस्थल र एयरलाइन्सहरुले पहिलोपटक उड्दै गरेका यात्रुहरुको लागि निर्देशनहरु दिन्छन् । यसले तपाईलाई यात्राको क्रममा र यात्रामा आइपर्ने विशेष अवस्थाहरुको सामना गर्न मद्धत पुग्छ । धेरै एयरलाइन्सहरुले अनलाइन वा फोनबाट उत्कृष्ट कस्टुमर सर्भिस प्रदान गर्छन् । यसबाट तपाईले चाहनुभएको प्रश्नको जवाफ पाउनसक्नुहुन्छ ।
यदि तपाईलाई तत्कालै आफ्नो जिज्ञासाको बारेमा जवाफ चाहिएको हो भने उनीहरुलाई फोन वा अनलाइनबाट सम्पर्क गरेर आफ्नो जिज्ञासाहरु राख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment