Comments Add Comment

कोलम्बियाका रोड्रिगेज इंग्ल्याण्डविरुद्ध खेल्न सक्ने

काठमाडौं । समूह चरणमा सेनेगललाई १-० ले हराउँदा घाइते भएका कोलम्बियाका स्टार खेलाडी जेम्स रोड्रिगेज इंग्ल्याण्डसँग मंगलबार हुने अन्तिम १६ को खेलमा फर्किने विश्वास बढेको छ ।

कोलम्बियन फुटबल एसोसियसनले पनि उनको चोट सामान्य भएको र मैदान फर्कन तयार रहेको जनाएको छ ।

शुक्रबार भएको टिम अभ्यासमा उनी सामेल नहुँदा इंग्ल्याण्डसँग खेल्ने नखेल्ने दोधार बढिरहेको भए पनि उनको चोट सामान्य रहेको र मंगलबारसम्म ठीक हुनेछन् ।

चार वर्षअघिको विश्वकपका सर्वाधिक गोलकर्ता रोड्रिगेज सेनेगलसँगको खेलमा ३० मिनेट मात्रै मैदानमा थिए । जापानसँगको पहिलो खेलमा घाइते रहेकै कारण उनी सुरुमा मैदानमा थिएनन् । २६ वर्षका रोड्रिगेजको पिडौलामा समस्या देखिएको हो ।

कोलम्बियाका प्रशिक्षक जस पिकरम्यानले भने रोड्रिगेजको चोटमा विशेष ध्यान दिइएको र अवस्था आफूहरु अनुकुल नरहेको बताएका छन् ।
रोड्रिगेजले समूह चरणको दोस्रो खेलमा पोल्याण्डमाथि ३-० को जित निकाल्दा राम्रो भूमिका निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment