Comments Add Comment

घर भत्किँदा कैलालीमा १ जनाको मृत्यु


१८ असार, कैलाली । अविरल वर्षाका कारण कच्ची घर भत्किँदा कैलालीमा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

राति करिब १ बजेतिर घर भत्किँदा गोदावरी नगरपालिका ९ धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । घरमै सुतिरहेको बेला घर भत्किँदा उनी च्यापिएकी थिइन् ।

घरले च्यापेर मृतक रानाकी श्रीमान ६५ वर्षीय कडेवा राना सामान्य घाइते भएका छन् ।

कैलाली लगायत सात नम्बर प्रदेशका सबै स्थानहरुमा आइतबारदेखि निरन्तर वर्षा जारी छ । वर्षाका कारण यहाँ रहेका केही नदीनालाहरुको जलस्तर समेत बढेको छ । महाकाली, कर्णाली, मोहना, खुटिया लगायतका नदी तथा खोलाहरुमा पानीको जलस्तर बढेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले खोलामा बाढी आउन सक्ने भएकाले प्रभावित क्षेत्रका स्थानीयबासीलाई सचेत रहन आग्रह गरिएको बताए । उनले आवश्यक तयारीका लागि जिल्ला दैविप्रकोप उद्धार समितिका स्वयंसेवकहरुलाई पनि निर्देशन दिइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment