+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रणवीरलाई अंगालेर ग्वाँ-ग्वाँ रोए सञ्जय दत्त

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १८ गते ११:२३


विवादित भारतीय अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक ‘सञ्जु’ यतिबेला चर्चामा छ । यस चलचित्रमा रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाएका छन् ।

सञ्जय दत्त स्वयम्ले पनि हलमा पुगेर यो चलचित्र हेरे । चलचित्र हेरेपछि उनको रियाक्सन कस्तो थियो त ? निर्देशक हिरानीले यसको खुलासा गरेका छन् ।

‘सञ्जय दत्तलाई फिल्म औधि मन पर्‍यो,’ हिरानीले भने, ‘फिल्म हेरेर निस्केपछि उनले रणवीरलाई गम्लङ्ग अंगालो मारेर ग्वाँ ग्वाँ रोए ।’सञ्जयले करिब दुई मिनेटसम्म रणवीरलाई आफ्नो छातिमा टाँसेर राखेको हिरानीले जानकारी दिएका छन् ।

‘यो निकै भावुक क्षण थियो, मेरा आँखा पनि यतिबेला रसाए,’ उनले भने । अर्का चर्चित अभिनेता आमिर खानले पनि सञ्जुको प्रशंसा गरेका छन् । हिरानीको चलचित्रले आफ्नो मगज हल्लाइदिएको उनको टिप्पणी छ । आमिर र हिरानीले फिल्म थ्री इडियट्स र पीकेमा सँगै काम गरेका थिए ।

सञ्जुले पहिलो दिनमा ३४ करोड र दोस्रो दिनम ३८ करोड भन्दा बढिको व्यापार गरेको थियो । यो चलचित्र यस वर्षको सर्वाधिक सफल बलिउड चलचित्र बन्न सक्छ । यसअघि केही फ्लप फिल्ममा काम गरेका रणवीरलाई ‘सञ्जु’ले ठूलो राहत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?