Comments Add Comment

विवादपछि ‘रानी महल’ को छायांकन स्थगित, २० प्रतिशत छायांकनमै २ करोड सकियो !

पूर्व मिस नेपाल निकिता चण्डकको मुख्य भूमिका रहेको चलचित्र ‘रानी महल’ को छायांकन विवादपछि रोकिएको छ । निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापकोटाविचको आर्थिक विवादले छायांकन नै स्थगित भएको हो ।

चलचित्रको कलाकार चयनदेखि अन्य सबै कुरालाई गणेशले हेर्दै आएका थिए । निर्माता भुसालले २० प्रतिशत छायांकन मात्र सकिदा आफ्नो २ करोड खर्च भएको दाबी गरेका छन् । पाल्पाको रानी महलमा चलचित्रको छायांकन सकिएपछि यो विवाद उत्पन्न भएको हो ।

निर्देशक हिमाल न्यौपाने आफ्नो साथी भएकाले चलचित्रमा लगानी गरेको बताउने नयाँ निर्माता भुसालले गणेश सापकोटामाथि बढी विश्वास गर्दा धोका पाएको गुनासो गरेका छन् । उनले ५० लाखको हिसाबमा ७ लाखसम्म वेरुजु देखिएको आरोपसमेत लगाएका छन् ।

प्राविधिकहरुका लागि आफूले पैसा दिए पनि त्यो पैसा सापकोटाले प्राविधिकहरुलाई नदिएको उनको भनाई छ । चलचित्रका निर्देशक हिमाल न्यौपाने पनि निर्माताको पक्षमा देखिएका छन् । उनले, सम्पूर्ण हिसाबको जानकारी बारम्बार लिनुपर्ने रहेछ भन्दै आफूले पाठ सिकेको बताएका छन् । बाँकी ८० प्रतिशत छायांकन इनडोर गर्ने भएकाले एक महिनामा सक्ने उनको भनाई छ ।

यता, चलचित्रका प्रोडक्शन डिजाइनर सापकोटाले भने आफूमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । उनले चलचित्रका प्राविधिकहरुलाई आफूले गोजीबाट पैसा दिएको भन्दै त्यो रकम निर्माताले आफूलाई नदिएको खण्डमा चलचित्रको छायांकन नै गर्न नदिने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment